नर्वेको राजधानीमा ट्याक्सीका लागि वायरलेस चार्जिंग राखिने, ७५ किलोवाट्ससम्म चार्ज

Technology Khabar ८ चैत्र २०७५, शुक्रबार

नर्वेको राजधानीमा ट्याक्सीका लागि वायरलेस चार्जिंग राखिने, ७५ किलोवाट्ससम्म चार्ज

काठमाडौं ।

काठमाडौं । नर्वेको राजधानी ओस्लाले इलेक्ट्रीक ट्याक्सीहरुका लागि वायरलेस चार्जिंग सिस्टम बनाउने भएको छ । ओस्लो विश्वमै पहिलो शहर हुनेछ जसले यस्तो प्रणाली स्थापना गर्नेछ । यो सिस्टमले धुवाँरहित तथा प्रदुशणरहित क्याबहरुको कार्यदक्षता बढाउन तथा गतिलाई निरन्तरता प्रदान गर्न छिटो चार्ज गर्नेसक्नेछ ।

यो परियोजनाले इन्डक्सन प्रविधिको प्रयोग गर्नेछ जसमा चार्जिंग प्लेटहरु ट्याक्सी राखिने सडकमा यसलाई राखिनेछ भने योसँग जोड्नको लागि गाडिमा रिसिभर जोडिनेछ । यो प्रणालीलाई फिनल्याण्डको यूटिलीटी फोर्टम नामक कम्पनीले तयार पार्ने छ । कम्पनीकाअनुसार ७५ किलोवाटसम्मको चार्जिंग उपलब्ध हुनेछ ।

सन् २०२३ देखि ओस्लोमा सम्पूर्ण ट्याक्सीहरु शुन्य कार्बन उत्सर्जनजन्य हुनेछन र नर्वेले सन् २०२५ सम्म सम्पूर्ण नयाँ कारहरु शुन्य कार्बन उतसर्जन भएको हुनुपर्ने चाहना राखेको छ । अन्य देशहरु बेलायत र फ्रान्सले भने सोहि प्रकारको लक्ष्य सन् २०४०सम्मको लागि लिएका छन् ।

फोर्टमले अमेरिकाको संस्थामा मोमेन्टम डायनामिक्स र सिटी अफ ओस्लोसँग यो स्कीममा काम गरिरहेको छ, जसले ट्याक्सलाई इलेक्ट्रीफिकेसन गर्नका लागि सबैभन्दा ठूलो चुनौती भनेको पूर्वाधार रहेको छ, क्याबहरुको लागि चार्जर पाउन नै निकै समय लाग्ने गरेको छ भने उनीहरुले गाडि चार्ज गर्न पनि समय लाग्ने गरेको छ ।

कम्पनीले यसलाई ओस्लो सेन्ट्रल स्टेशन जस्तै ट्याक्सी स्ट्याण्डहरुमा जडान गर्नेछ ।

इन्डक्सन अधिक उर्जा बचत र ट्याक्सीलाई चार्ज गर्न पर्याप्त छ जतिबेला ट्याक्सी क्यूमा बिस्तारै उनीहरु चलिरहेका हुन्छ त्यसबेला चार्ज गर्न सहज हुनेछ ।

फोर्टमका नर्वेमा अवस्थित पब्लिक चार्जिंग नेटवर्क प्रमुख ओले गूडब्रान हेम्पेलले भने, जतिबेला ट्याक्सी ड्राइभरहरु काममा रन्छन उनीहरुको लागि समय भनेको पैसा हो ।

नर्वेमा विश्वको सबैभन्दा धेरै इलेक्ट्रीक कार लिने सबैभन्दा धेरै दर छ, जसलाई निशुल्क वा सडक टोलमा छुट, पार्किंग र चार्जिंग प्वाइन्टको उपलब्धताले सहयोग गरेको छ ।

सरकारले पनि नर्वेमा इलेक्ट्रीक भेहिकलहरुलाई परम्परागत गाडिहरुको तुलनामा करहरुमा सहुलियत दिएको छ ।

कारहरुको लागि वायरलेस चार्जिंग प्रणाली कुनै नयाँ विषय होईन । सन् २०१६ मा नै अमेरिकाको डिपार्टमेन्ट अफ इनर्जीज ओक रिड्ज नेशनल ल्याबोरटरीले सफलतापूर्वक २० किलोवाट वायरलेस इलेक्ट्रीक कार चार्जिंग सिस्टमको प्रदर्शन गरेको थियो जसले ९० प्रतिशत कार्यक्षमता देखाएको दाबी गरिएको थियो ।

easy care

प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार