इपीएस कोरियन भाषा परीक्षा शुल्क आइएमई पे मार्फत तिर्न सकिने

Technology Khabar ७ चैत्र २०७५, बिहीबार

इपीएस कोरियन भाषा परीक्षा शुल्क आइएमई पे मार्फत तिर्न सकिने
NTC_Advt

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।

यहि चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधै इ.पी.एस कोरिया टोपिक (TOPIK- Test of Proficiency in Korean Language) परीक्षा शूल्क भुक्तान गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन ।

परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । सो शुल्क सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुने बताईएको छ ।

परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको निजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि https://eoers.epsnepal.gov.np/ साइटमा जानुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: ७ चैत्र २०७५, बिहीबार