ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान

Technology Khabar ७ चैत्र २०७५, बिहीबार

ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान
Global IME Bank

काठमाडौं ।

काठमाडौं । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएको कम्पनीले घोषणा गरेको छ ।

यससंगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो ।

एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ ।

यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ ।

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङा हो । निरन्तर प्राविधिक नवप्रबर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको ब्यवसायिकरणका लागि बृहत्तरुपमा तयारी गरिरहेका छौँ,’ ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा हेड अफ विजनेस ओभरसिज मार्केट, एलेन वुले भने ।

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ७ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया