Technology Khabar ७ चैत्र २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । विश्वभर मोबाइलमा इन्टरनेटको लागि एलटिई कनेक्सनको प्रयोग गर्नेहरुको संख्या ४ अर्ब पुगेको छ । सन् २०१८ को डिसेम्बरसम्ममा सम्पूर्ण मोबाइल सेवाको ४७ प्रतिशतले एलटिई कनेक्सन प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।
५जी अमेरिकाजको लागि ओभम नामक कम्पनीले गरेको एक अनुसन्धानअनुसार यो संख्या गत वर्षको ३७ प्रतिशतको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
सन् २०१८ मा मात्र एलटिई कनेक्सनमा १ अर्बले वृद्धि भएको छ जसमा मध्य तथा दक्षिणपूर्वी एशियाको भूमिका प्रमुख रहेको छ । सो क्षेत्रमा मात्रै ८१ प्रतिशत एलटिई सब्सक्रिप्सनमा वाािर्षक वृद्धि देखिएको छ भने भारतबाट मात्र २३६ मिलियन एलटिई सब्सक्रिप्सन बढेको देखिएको छ । यो क्षेत्रमा सबैभन्दा धेरै एलटिई प्रयोगकर्ताहरु छन, अध्ययनअनुसार २ अर्ब १२ करोड यूजर्स रहेको छ । त्यस्तै चीनमा मात्रै १ अर्ब ५६ करोड कनेक्सन रहेको छ ।
विश्वको एलटिई बजारमा नर्थ अमेरिकाले नेतृत्व गरिरहेको छ जहाँ ८२ प्रतिशत बजार हिस्सा रहेको छ । त्यस्तै ओसियाना, पूर्वी तथा दक्षिणपूर्वी एशियामा ६७ प्रतिशत बजार हिस्सा रहेको छ भने पश्चिम यूरोपमा ५२ तथा ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा ४० प्रतिशत रहेको छ ।
सन् २०१८ मा नर्थ अमेरिकामा ६ करोड ३० लाख नयाँ कस्टमर जोडिएका थिए । ल्याटिन अमेरिका र क्यारेबियन देशहरुले मात्र २७७ मिलियन नयाँ एलटिई सब्सक्रिप्सन जोडिएको थियो ।
ओभमले यसअघि नै सन् २०२३ सम्ममा विश्वभर १० अर्ब मोबाइल कनेक्सन हुने प्रक्षेपण गरेको थियो जसमध्ये १ अर्ब ३० करोड ५जी टेक्नोजोलीमा जोडिने अनुमान छ ।
प्रकाशित: ७ चैत्र २०७५, बिहीबार