यसरी आफ्नो फेसबुकलाई सुरक्षित पार्नुस्, डाटा चोरी हुनबाट बच्नुस्

Technology Khabar ७ चैत्र २०७५, बिहीबार

यसरी आफ्नो फेसबुकलाई सुरक्षित पार्नुस्, डाटा चोरी हुनबाट बच्नुस्
Classic Tech

काठमाडौं । पछिल्लो दिनहरुमा फेसबुकबाट डाटा चोरी भएका समाचारहरु नियमितजस्तै आईरहेका छन् । यूजर्सहरुको व्यक्तिगत र गोप्य जानकारीहरु चोरेर ह्याकरले बिक्रीका लागि राखेको समाचार पनि आईरहेका छन् । जसले गर्दा फेसुबक यूजर्सलाई आफ्नो जानकारी कसरी गोप्य राख्ने भन्ने चिन्ता हुन्छ ।

फेसबुकले यूजर्सको डाटा विभिन्न एप्स कम्पनीलाई बेचेको भेटिएो छ । त्यसैले तपाईँको एकाउन्ट कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौं ।

१ यदि तपाइृँको एकाउन्ट प्राइभेट राख्ने हो भने सबैभन्दा पहिले फेसबुक एकाउन्टमा लगइन गर्नुहोस र हेर्नुुस की तपाईँले कुन कुन एप्समा फेसबुकको माध्यमबाट लग इन गर्नुभएको छ । त्यसपछि ती सबै एप्सलाई आफ्नो फेसबुक एकाउन्टबाट अनलिंक गर्नुहोस् ।

२ फेसबुकबाट अनलिंक गर्नका लागि फेसबुकमा दिईएको सेटिंगसमा जानुस र त्यसपछि एप्स एण्ड वेबसाइट्स आइकनमा क्लिक गर्नुस । त्यहाँ तपाईँलाई ती एप्स र वेबसाइटहरुको लिस्ट देखिनेछ जसमा तफाईँले फेसबुक एकाउन्टको माध्यमबाट लग इन गर्नुभएको छ । त्यसपछि ती सबै एप्सलाई लिस्टबाट रिमूभ गर्नुस् ।

३ फेसबुकमा क्विजसहितका विभिन्न एप्सहरु उपलब्ध छन् । यदि तपाईँपनि ती कुनै क्विज अर्थात हाजिरीजवाफ दिने किसिमका एप्समा जोडिनभएको छ र क्विजमा सहभागी हुनुहुन्छ भने त्यसबाट तत्काल हट्नुस् । किनकी त्यस्ता क्विज एप्सले तपाईँको निजी जानकारी तथा डाटाहरु अन्य तेस्रो पक्षलाई शेयर गर्ने गरिरहेको हुनसक्छन् ।

४ यदि तपाईँ आफ्नो एकाउन्टबाट केहि पनि पोष्ट गर्दै हुनुहुन्छ भने ध्यान दिनुस कि त्यो पब्लिक पोष्ट हो वा प्राइभेट पोस्ट हो । सकेसम्म पब्लिक पोष्ट नगर्नुस् । फेसबुक साधारणतया सबै पोष्टलाई पब्लिक राख्ने गर्दछ त्यसैले तपाईँले फेसबुकमा गरेको पोष्ट तपाईँको साथीहरुको लागि हो वा आफ्नोलागि मात्र । आफ्नो पोष्ट या फोटो शेयर गर्नका लागि ओल्नी फ्रेन्डस(Only friends)मा क्लिक गर्न सक्नुहुन्छ ।

५ फेसबुक एकाउन्टको सेटिंग्समा गएर लगइन अलर्ट सेट गर्नुस, जसले गर्दा कुनै अपरिचितले तपाईँको एकाउन्टमा लगइन गर्ने प्रयास गरेमा तत्काल तपाईँलाई नोटिफिकेशन उपलब्ध हुनेछ । जसले तपाईँको एकाउन्टलाई सुरक्षित बनाउन मद्धत पुग्छ । अलर्ट सेट गर्नको लागि तपाईँले सेक्यूरिटी एण्ड लगइन सेटिंग्स (Security and Login Settings)मा जानुस र सेटिंग्समा गएर गेट अलर्ट्स(Get Alerts)मा क्लिक गर्नुस् । त्यसपछि तपाईँलाई कसैले तपाईँको एकाउन्ट लगइन गरेमा अलर्ट आउनेछ ।

TK Viber

प्रकाशित: ७ चैत्र २०७५, बिहीबार

Loading...