एप्पलले ल्यायो नयाँ भर्सनको एयरपड्स, साथमा वायरलेस चार्जिंग केस उपलब्ध

काठमाडौं । एप्पल इंकले आफ्नो वायरलेस एयरपड्स हेडफोनको नयाँ भर्सन लन्च गरेको छ । कम्पनीले यहि मार्च २५ तारिखमा आयोजना गर्न लागेको इभेन्टको पूर्वसंध्यामा एयरपड्सको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।

नयाँ एयरपड्समा एप्पलको नयाँ चीप प्रयोग गरिएको छ जसमा अझ थप ब्याट्री अवधि, नयाँ वायरलेस चार्जिंग केस पनि राखिएको छ ।

कम्पनीकाअनुसार नयाँ एयरपड्स एप्पलको वेबसाइटमा उपलब्ध हुनेछ भने बुधबारदेखि नै एप्पल स्टोर एपमा तथा आगामी सातादेखि एप्पलका स्टोरहरुमा उपलब्ध हुनेछ ।

कम्पनीकाअनुसार नयाँ एयरपड्स जून स्ट्याण्डर्ड चार्जिंग केसका साथमा आउँछ त्यसको मूल्य १५९ अमेरिकी डलर छ भने वायरलेस चार्जिंग केसका साथमा उपलब्ध हुने एयरपड्सको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ ।

यदि हाल पुरानो एयरपड्स प्रयोग गरिरहेका यूजर्सले वायरलेस चािर्जंग केस खरिद गर्न चाहेमा छुट्टै ७९ डलरमा किन्न सक्नेछन् ।

नयाँ एयरपड्समा प्रयोग भएको चीपले अन्य एप्पलका डिभाइसहरुसँग दोब्बर छिटो कनेक्सन गराउनेछ भने यसको टक टाइम यसअघिको एयरपड्स भन्दा ५० प्रतिशत अधिक रहेको छ । यसलाई एक पटक चार्ज गर्दा ५ घण्टासम्म संगीत सुन्न सकिन्छ ।