Technology Khabar ६ चैत्र २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । यूरोपियन युनियनले गूगललाई एन्टिट्रस्ट फाइनको रुपमा १.५ विलियन यूरो जरिवाना गरेको छ । अमेरिकी टेक कम्पनी गूगललाई यूरोपमा तेस्रो पटक बिलयन डलर जरिवाना लागेको हो ।
गूगललाई प्रतिस्पर्धात्मक बजारको विरुद्धमा गएको भन्दै यूरोपियन यूनियनले १.५ विलियन यूरो अर्थात करिब १.७ बिलियन अमेरिकी डलर जरिवाना गरेको हो । कम्पनीलाई बुधवार सो जरिवाना तिर्न यूरोपियन कमिसनले भनेको छ ।
अनलाइन सर्च विज्ञापनमा विभेदकारी नीति गरेको भन्दै गूगलाई आरोप लगाईएको छ । कम्पनीले प्रतिद्धन्द्धि कम्पनीहरुको अनलाइन सर्च विज्ञापन रोकेको आरोप लागेको हो ।
गूगलले अनलाइन सर्च विज्ञापनहरुमा आफूले निकै दबदबा कायम गरेको तथा प्रतिस्पर्धाको दबाबबाट बच्न ब्लक गर्ने काम गरिरहेको र तेस्रो पक्षिय वेबसाइटहरुमा एन्टि कम्पिटिसन कन्ट्रयाटच्यूअल अवरोध गरेको छ, कमिसनर माग्रेथ भेस्टागरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कम्पनीलाई बिगत दुई वर्षमा लागेको यो तेस्रो जरिवाना हो ।हालसम्म यूरोपियन युनियनले गूगललाई ९.३ बिलियन अमेरिकी डलर जरिवाना गराईसकेको छ ।
ईयू नियमक निकायहरुले पछिल्ला दिनहरुमा प्रतिस्पर्धा, डाटा सुरक्षा र करको विषयमा निकै ससक्तरुपमा ठूला टेक कम्पनीहरुलाई नियमन गरिरहेका छन् ।
कम्पनीले ब्लग पोष्टमा भनेको छ आफ्नो सेवामा यूरोपियन कमिसनको सुझावको आधारमा थप परिवर्तनहरु ल्याउने छ । कम्पनीले शपिंग साइटहरुको तुलना गर्न सिधै लिंकमा जानसक्ने नयाँ फम्र्याट शुरु गरेको छ । कम्पनीले यूरोपमा नयाँ तथा वर्तमा एन्ड्रोयड यूजर्सलाई कुन ब्राउजर प्रयोग गर्न चाहन्छ भने सोधेको छ ।
प्रकाशित: ६ चैत्र २०७५, बुधबार