स्मार्टफोन यूजर बाटोमा हिँड्दा सुरक्षित पारिने, दक्षिण कोरियामा विशेष प्रणालीको प्रयोग

Technology Khabar ५ चैत्र २०७५, मंगलवार

स्मार्टफोन यूजर बाटोमा हिँड्दा सुरक्षित पारिने, दक्षिण कोरियामा विशेष प्रणालीको प्रयोग

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा धेरै स्मार्टफोन प्रयोग गरिने दक्षिण कोरियाली शहर इल्सानले स्मार्टफोन प्रयोगकर्ताहरुलाई सडक दूर्घटनाबाट बचाउन विशेष किसिमको प्रविधि शुरु गरेको छ ।

बाटोमा हिँड्दा तथा बाटो काट्दा पनि अधिकरुपमा स्मार्टफोनमा नै झुण्डिरहने प्रयोगकर्ताहरु जसलाई ‘स्मार्टफोन जोम्बीज’ भनेर चिनिने गरिन्छ उनीहरुलाई चेतावनी दिनका लागि फ्लिकरिँग लाइट तथा लेजर बिम प्रयोगमा ल्याएको छ । उनीहरुलाई दायाँ बायाँ हेर्न तथा गाडिका ड्राइभरहरुलाई पनि गाडि स्लो गर्नका लागि यो प्रयोगमा ल्याईएको हो, जसले दूर्घटना हुनबाट बचाउने अपेक्षा गरिएको छ ।

यो सिस्टमका डिजाइनरहरुले पछिल्लो दिनहरुमा पैदलयात्रुहरु अत्यधिकरुपमा आफ्नै फोनमै टाँसिने गरेको र त्यसले दक्षिण कोरियामा दूर्घटना बढाउन सक्ने भन्दै प्रबद्र्धन गरेका हुन् ।

कोरियाको सरकारी संस्था इन्स्टिच्यूट अफ सिभिल इन्जिनियरिंग एण्ड विल्डिंग टेक्नोलोजीले जेब्रा क्रसिंगमा लाइट पिलिक पिलक बाल्ने र लेजर बीम प्रयोग गर्दा पैदलयात्रु र चालक दूबैलाई सर्तक हुन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।

पैदलमार्गमा रातो, पहेँलो र निलो एलईडी लाइटहरुको अतिरिक्त प्रयोगले स्मार्टफोन जोम्बीज स्मोम्बीजहरुलाई पावर पोलहरुबाट लेजर बीम फ्याँक्नेछ भने ट्राफिकमा जानका लागि प्रयोग गरिने एपको माध्यमबाट फोनमा अलर्ट पठाउने छ ।

स्मार्टफोन जोम्बीज पैदलयात्रामा बाटो काट्दा दूर्घटना हुने संख्यामा वृद्धि भईरहेको बेला यी जोम्बी लाइट्सले पैदलयात्रुहरुलाई दुर्घटनाबाट बचाउन अत्यावश्यक छ, केआईसिटीका वरिष्ठ अनुसन्धानकर्ता किम जोंग हुनले भने ।

मल्टि डाइमेन्सलन चेतावनी प्रणाली राडा सेन्सर र थर्मल क्यामराहरुको माध्यमबाट संचालन हुने गर्दछ जसको मूल्य प्रति जेब्रा क्रसिंगका लागि १५ मिलियन कोरियाली वन अर्थात करिब १३,२५० अमेरिकी डलर पर्दछ ।

गाडिका चालकहरुलाई फ्ल्याश लाइटहरुद्धारा अलर्ट गरिन्छ, जसको प्रभावकारीता प्रति १००० गाडिहरुमा ८३।४ प्रतिशत रहेकोछ, सो इन्स्टिच्यूटको परिक्षण अध्ययनले देखाएको छ ।

सो शहरमा सन् २०१७ मा १,६०० पैदलयात्रुहरु अटोसँग सम्बन्धित दूर्घटनामा मारिएको तथ्यांकमा उल्लेख छ ।

दक्षिण कोरिया विश्वमै सबैभन्दा धेरै स्मार्टफोन प्रयोग दर भएको देश हो, जहाँ ९४ प्रतिशत वयस्कहरुले डिभाइसहरु राख्ने गर्दछन् ।

हालको लागि यो चेतावनी प्रणाली इल्सानमा मात्र प्रयोग गरिएको छ, जून आगामी दिनमा कोरियाभर लागू गरिने अपेक्षा गरिएको सो इन्स्टिच्यूटले उल्लेख गरेको छ । रोयटर्सबाट

easy care

प्रकाशित: ५ चैत्र २०७५, मंगलवार