फिस्करको नयाँ इलेक्ट्रीक कार, एक चार्जमा ४८० किलोमिटर गुड्ने

Technology Khabar ५ चैत्र २०७५, मंगलवार

फिस्करको नयाँ इलेक्ट्रीक कार, एक चार्जमा ४८० किलोमिटर गुड्ने

काठमाडौं ।

काठमाडौं । फिस्कर इन्कले हालै आफ्नो नयाँ इलेक्ट्रीक भेहिकल सार्वजनिक गरेकोछ । कम्पनीले करिब ३०० माईलको रेन्जमा कुद्नसक्ने नयाँ इलेक्ट्रीक एसयूभीको घोषणा गरेको हो ।

यो कम्पनीले ल्याएको दोस्रो कार हो जसको मूल्य ४० हजार अमेरिकी डलरभन्दा तलबाट शुरु हुनेछ ।

यसअघि कम्पनीले सन् २०२१ भित्र ल्याउने भनेको इलेक्ट्रीक भेहिकल लक्जरी सेडान ईमोशन बजारमा आउन ढिलो हुने भएको छ । यो सन् २०१९ को अन्त्यदेखि मात्र बजारमा आउनसक्ने अनुमान गरिएको छ ।

कम्पनीले नयाँ गाडिको नाम भने घोषणा गरेको छैन तर यसको बारेमा भने केहि जानकारी दिएको छ । यो इलेक्ट्रीक एसयूभीमा ८० किलोवाटआवरको ब्याट्री प्याक राखिएको छ भने न्यून मूल्यमा ३०० माइल करिब ४८० किलोमिटरको रेन्जमा कुद्नसक्नेछ ।

यो कार सिंगल तथा ड्यूल मोटर कन्फिगरेसनमा उपलब्ध हुने बताईएको छ ।यो नयाँ गाडी सन् २०२१ मा मात्रै बजारमा उपलब्ध हुनेछ ।

फस्करको यो पहिलो मास मार्केट कारमा बटन थिचेर नै एक्सटेन्डड ओपन एयर एटमस्फेयरको सिर्जना गर्न सकिने बताईएको छ । तर यो कन्भर्टिभल कार भने होईन् ।

यो कम्पनीका सिईओ हेन्रिक फिस्कर जो अस्टन मार्टिन डिबी९ तथा बिएमडब्लू जेड८ का डिजाइन तयार पारेका थिए, उनले नै नयाँ कार बनाएका हुन् । यसअघि उनको पुरानो कम्पनी फिस्कर अटोमोटिमले कर्मा भन्ने कार बनाउन नसक्दा टाट पल्टिएको थियो ।

फिस्करले आफ्नो नयाँ स्तरको ब्याट्री टेक बारे पनि जानकारी दिएको छ । हेन्रिकले कम्पनीको ब्याट्री प्याक अन्य ईलेक्ट्रीक भेहिकलहरुमा प्रयोग हुने लिथियम आयोन ब्याट्री भन्दा ५ गुणा बढि उत्पादन हुने बताए । त्यसैगरि सो ब्याट्री अहिलेको ब्याट्रीहरु भन्दा दोब्बरले टिकाउ हुने बताए ।

easy care

प्रकाशित: ५ चैत्र २०७५, मंगलवार