साओमीले एमआई ब्याण्ड ४ नयाँ फीचरका साथ ल्याउने

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले नयाँ ब्याण्ड लन्च गर्ने तयारी गरेको छ । साओमीको मी ब्याण्ड फिटनेस ट्रयाकरको लागि सब ब्राण्ड ह्वामीले आगामी दिनमा साओमीले एमआई ब्याण्ड ४ सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

ह्वामीका चीफ फाइनान्सियल अफिसर डेभिड क्यूले एलानले एमआई ब्याण्ड ४ मार्च वा अप्रिल महिनाभित्रै लन्च हुने जानकारी दिए । उनले नयाँ फीचरका साथ आउने यो ब्याण्ड धेरै संख्यामा बिक्री हुने अपेक्षा गरिएको बताए ।

एमआई ब्याण्ड ४ मा नयाँ फीचरहरु राखिने बताईएको छ । तर यसमा के नयाँ हुन्छ भन्ने जानकारी दिईएको छैन् ।

यसअघि गत सेप्टेम्बरमा साओमीले एमआई ब्याण्ड ३ लन्च गरेको थियो । यसमा ०.७८ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ भने ११० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २० दिनसम्मको ब्याकअप दिन्छ । यसमा ब्लूटूथ ४.२ भर्सन छ भने ५० मिटरसम्म वाटर रेसिस्टेन्ट फीचर रहेको छ ।

एमआई ब्याण्ड ३ ले यूजर्सले दिन, समय र स्टेप्सका साथै क्यालोरी, हार्टरेट समेत मापन गर्न सक्दथ्यो ।

नेपाली बजारमा साओमीले एमआई ब्याण्ड २ मात्र सार्वजनिक गरेको थियो । तर एमआई ब्याण्ड ३ नेपालमा औपचारिकरुपमा आउन सकेन् । बजारमा उपलब्ध भएका एमआई ब्याण्ड थ्री सबै ग्रेच्यानलबाट आएका हुन् ।