नेपाल टेलिकमको मोबाइल एपबाट डिटेल बिल हेर्न सकिने, अन्य सिममा रिचार्ज गर्न पाईने

Technology Khabar ५ चैत्र २०७५, मंगलवार

नेपाल टेलिकमको मोबाइल एपबाट डिटेल बिल हेर्न सकिने, अन्य सिममा रिचार्ज गर्न पाईने

काठमाडौं । नेपाल टेलिकम (Nepal Telecom) मोबाइल एपमार्फत अब विगत ५ दिनसम्मको डिटेल बिल हेर्न सकिने भएको छ । त्यसैगरी सो एपको प्रयोग गरी आफन्त वा अन्य कुनै ब्यक्तिको सिममा रिचार्ज गरिदिन समेत सकिने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको मोबाइल एप ‘नेपाल टेलिकम’मा हालै यो सुविधा थप गरिएको हो ।

उक्त सुविधा हाल एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ । साथै योभन्दा पहिले उपलब्ध सबै सुविधासमेत सो एपबाट प्रयोग गर्न सकिन्छ । सो एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच, वाइम्याक्सलगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुका साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ (Nepal Telecom) एप डाउनलोड गर्नुपर्छ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ ।

यो एप चलाउन मोबाइल डाटाको शुल्क लाग्दैन । त्यसैगरी यो एप मार्फत www.ntc.net.np मा रिडिरेक्ट हुँदा पनि मोबाइल डाटाको शुल्क लाग्दैन । यस एपमार्फत नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न, कुन प्याकेज खरिद गरेको हो, कति बाँकी छ र कुन अवधिसम्म प्रयोग गर्न सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी उक्त एपमार्फत मोबाइलको ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न र पिन कोड प्रयोग गरी वा कार्ड स्क्यान गरी रिचार्ज गर्न पनि सकिन्छ तथा Friends and Family (FNF) सेवा निःशुल्क रुपमा एक्टिभेट गरी आफूले चाहेका ५ वटा नेपाल टेलिकमका नम्बरहरु (मोबाइल वा ल्यान्डलाइन)मा सस्तो दरमा कल गर्न सकिन्छ । यस्तैगरी आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु गिफ्टका रुपमा पठाउन तथा Missed Call Alert(MCA) लगायतका भ्यालु एडेड सर्भिस (VAS) सुचारु गर्न बन्द गर्न वा स्ट्यासस बुझ्न पनि सकिन्छ ।

टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासो गर्न र विभिन्न सेवाहरुको बिल भुक्तानी गर्न पनि सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्नका लागि यो एपबाट सहज हुनेछ ।

रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिने बताईएको छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता आकस्मिक नम्बरहरु डायल गरी आवश्यक सेवा लिन सकिन्छ । साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दरबारे जानकारी लिन सकिने जनाएको छ।

यदि तपाईँ पनि यो एप डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्।

TK Viber

प्रकाशित: ५ चैत्र २०७५, मंगलवार

Loading...