मोबाइलमा पबजी गेम खेल्नेहरु होसियार ! पबजी खेल्दा भारतमा २ जनाको मृत्यु

Technology Khabar ४ चैत्र २०७५, सोमबार

मोबाइलमा पबजी गेम खेल्नेहरु होसियार ! पबजी खेल्दा भारतमा २ जनाको मृत्यु
क्यान इन्फोटेक २०१९ मेलामा पबजी गेम खेल्दै एक युवक। फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनमा मोबाइल गेम पबजीको लोकप्रियता बढ्दोक्रममा रहेको छ ।नेपाललगायत भारतसहित अन्य विभिन्न मुलुकहरुमा पबजीको क्रेज रहेको रिपोर्टहरु बेला बेलामा आईरहेका छन् । भारतमा पबजीले युवाहरुलाई बिगारेको भन्दै कतिपय राज्यहरुमा पबजी खेलमा प्रतिबन्ध लगाएको छ ।

यसैबिच छिमेकी मुलुकमा पबजी खेल्दा २ युवकको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ ।

भारतको महाराष्ट्रको हिँगोली नामक जिल्लामा अनलाइन गेम पबजी खेल्ने क्रममा दुई युवकको ट्रेनमा परेर मृत्यु भएको छ ।

महाराष्ट्र पुलिसकाअनुसार गएको आईतवार हिंगोलीको नजिक खाटकली बाईपासमा सो घट्ना घटेको हो । ट्रेनको चपेटामा परेका युवकहरुमा २४ वर्षका नागेश गोरे तथा २२ वर्षका स्वपनिल अन्नपूर्णे रहेका छन् । उनीहरु ट्रेनको ट्र्याकको नजिक मोबाइलमा पबजी खेलिरहेका थिए त्यतिबेला नै हैदराबाद-अजमेर एक्सप्रेसको ट्रेनले उनीहरुलाई किचेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीकाअनुसार दुबै युवकहरुको शव राती रेलवे प्रहरीले बरामद गरेको छ । महाराष्ट्र पुलिसले युवाहरुको मृत्युको घट्ना हिंगोली थानामा एक्सिडेन्टल डेथको रुपमा दायर गरेको छ ।

पछिल्लो दिनहरुमा पबजी गेमसँग जोडिएका नकारात्मक समाचारहरु निकै आईरहेका छन् । केहि अध्ययनअनुसार पबजी गेमका कारण बच्चाहरुमा हिंस्रक प्रभाव बढिरहेको बताईएको छ ।

भारतमा गुजरात राज्य सरकारले पबजी खेल खेल्न प्रतिबन्ध लगाएको छ । केहि साताअघि मात्र भारतमा पबजी खेलेको आरोपमा केहि युवकहरुलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

शुरुवाती चरणमा पबजी गेम केबल डेस्कटप भर्सनमा मात्र उपलब्ध थियो तर मोबाइल भर्सन लन्च भएसँगै यो गेम खेल्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

यो गेम कम्पनी टेनसेन्टकाअनुसार सन् २०१८ सम्म यसलाई २० करोड भन्दा अधिक यूजर्सले डाउनलोड गरेका थिए ।

easy care

प्रकाशित: ४ चैत्र २०७५, सोमबार

ताजा समाचार