आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाट गर्न सकिने

Technology Khabar ३ चैत्र २०७५, आईतवार

आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाट गर्न सकिने
NTC_Advt

काठमाडौं । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस IELTS परीक्षाको शुल्कको भुक्तानी अबदेखि इसेवामार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो ।

आईडीपीका नेपाल प्रमुख कविर खड्गीले आईईएलटिएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउने बताए ।

६० वटा भन्दा धेरै देशहरुमा आईईएलटिएस परीक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौंलगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परीक्षा सन्चालन गर्दछ ।

१९,५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गई भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ चैत्र २०७५, आईतवार