Technology Khabar ३ चैत्र २०७५, आईतवार
काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुकले गेमर्सनका लागि आफ्नो एपमा नयाँ ट्याब लन्च गरेकोछ । फेसबुक यूजर्सका लागि यो नयाँ ट्याब मेन नेभिगेसन पेजमा देखिनेछ । सो ट्याबमा क्लिक गरेर यूजर्सले सिधै गेमिंग पेजमा जान सक्नेछ ।
सो पेजमा यूजर्सका लागि विभिन्न गेमहरु खेल्ने अप्शन उपलब्ध हुनेछ । यसबाहेक कयौं लोकप्रिय गेम्सलाई फलो पनि गर्न सकिनेछ । सोहिपेजमा यूजर्सलाई गेमसँग जोडिएको विभिन्न कन्टेन्टहरु समेत उपलब्ध हुनेछ जहाँ गेमहरुको बारेमा थप जानकारी हेर्न सक्नेछ ।
यूजर्सले सो पेजमा उपलब्ध गेमहरु साथीहरुसँग खेल्न सक्नेछन भने आफ्नो टाइम लाइनमा यसलाई शेयर गर्न सक्ने सुविधा पनि छ । पेजमा गेम्ससँग सम्बन्धित कयौं अपडेट्स पनि हेर्न सकिनेछ ।
फेसबुककाअनुसार विश्वभर ७० करोडभन्दा अधिक मानिसहरु गेम्स गल्ने गर्दछन् । सो नयाँ ट्याबको माध्यमबाट सबै गेमर्स एउटै प्लेटफर्ममा आउन सक्नेछन र एक आपसमा गेमसँग सम्बन्धित विषयहरु शेयर गर्न सक्नेछन् ।
फेसबुकले यो फीचर रोलआउट गर्न शुरु गरिसकेको छ ।
कम्पनीकाअनुसार यो ट्याब बाहेक छुट्टै गेमिंग एपमा पनि काम गरिरहेको छ र यसलाई छिट्टै लन्च गरिने छ । यो नयाँ एप पहिलो चरणमा एन्ड्रोयड यूजर्सका लागि मात्र उपलब्ध हुनेछ ।
प्रकाशित: ३ चैत्र २०७५, आईतवार