सोसल मिडियाले न्यूजिल्याण्ड गोलिकाण्डको भिडियो हटाउन सक्लान् ?

Technology Khabar १ चैत्र २०७५, शुक्रबार

सोसल मिडियाले न्यूजिल्याण्ड गोलिकाण्डको भिडियो हटाउन सक्लान् ?

काठमाडौं । न्यूजिल्याण्डमा हालै ४० जना भन्दा बढिको ज्यानै जाने गरि भएको आक्रमणको भिडियो अहिले टेक कम्पनीहरुको लागि टाउको दुखाई भएको छ ।

फेसबुक, यूट्यूब र ट्वीटर तीन वटै कम्पनीहरुलाई सो आक्रमणको भिडियो कसरी हटाउने भन्ने चिन्ता शुरु भएको छ ।

न्यूजिल्याण्डको एक मस्जिदमा भएको गोलि काण्डको लाइभ भिडियो स्ट्रिमिंग आक्रमणकारीले आफ्नो फेसबुक पेजबाट गरेको थियो भने सो भिडियो अन्य साइटहरुमा पनि भाइरल भएको थियो ।

निकै क्रुर रहेको सो भिडियो फैलनबाट रोक्नका लागि फेसबुक, यूट्यूब र ट्विटर लागि परेका छन् ।

आक्रमणकारीमध्ये एकले लाइभस्ट्रीम गरेको थियो जसमा आक्रमणकारी मस्जिदमा गाएर मानिसहरुलाई गोलि हान्दै गरेको देखिन्छ ।

सो भिडियो बारेमा न्यूजिल्याण्डको प्रहरीले फेसबुकलाई जानकारी गराउने बित्तिकै सो व्यक्तिको फेसबुक र इन्स्टाग्राम एकाउन्ट हटाईएको थियो । त्यस्तै सो भिडियो पनि हटाईएको थियो ।

तर पनि घटना भएको घण्टौंपछि पनि सो भिडियो विभिन्न प्लेटफर्ममा शेयर भएपनि टेक कम्पनीहरुले त्यसलाई हटाउने प्रयास गरिरहेका छन् । उनीहरुले हिंसात्मक कन्टेन्टअन्तरगत त्यस्ता भिडियोहरु हटाउने गरेको बताएका छन् ।

न्यूजिल्याण्डको प्रहरीले पनि सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सो हिंसात्मक भिडियो शेयर नगर्न आग्रह गरेको छ ।

यस्ता किसिमका हिंसात्मक तथा दूव्र्यवहार गरिएका भिडियो तथा कन्टेन्टहरुलाई टेक मिडियाहरुले हटाउँदै आएको दाबी गरेपनि त्यस्ता सयौं भिडियोहरु सोसल मिडिया प्लेटफर्महरुमा भेटिने गरेका छन् । जसले गर्दा सामाजिक संजालहरुलाई गलत कन्टेन्टहरु रोक्न नसकेको पटक पटक आरोप लाग्दै आएको छ ।

यसअघि पनि यस्तै प्रकृतिका भिडियोहरु लाइभ स्ट्रीम हुने गरेको र त्यसलाई रोक्न नसकेको आरोप आएको थियो । त्यसैले अहिलेको यो भिडियो पनि के सामाजिक संजालबाट पूर्णरुपमा हट्ला त भन्ने प्रश्न उब्जेको छ । एजेन्सी

प्रकाशित: १ चैत्र २०७५, शुक्रबार

Comments are closed.

Loading...