गूगलको अपरेटिंग सिस्टम ‘एन्ड्रोयड क्यू’ बीटा भर्सनमा, गोपनियता र सुरक्षामा केन्द्रित

Technology Khabar १ चैत्र २०७५, शुक्रबार

गूगलको अपरेटिंग सिस्टम ‘एन्ड्रोयड क्यू’ बीटा भर्सनमा, गोपनियता र सुरक्षामा केन्द्रित

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड क्यूको बीटा भर्सन सार्वजनिक गरेको छ । यो गूगलको १० औं एन्ड्रोयड अपरेटिंग सिस्टम हो ।

गूगलले एन्ड्रोयड डेभलपर्सको वेबसाइटमा यसको बीटा भर्सन लन्च गर्दै एन्ड्रोयड क्यू नयाँ प्राइभेसी र सिक्योरिटी फीचरसहित आउने बताएको छ ।

यसका साथै यो नयाँ ओएस फोल्डेबल स्मार्टफोनमा पनि सपोर्ट गर्ने बताएको छ । नयाँ एन्ड्रोयड अपरेटिंग सिस्टममा भुल्कान १.१ सपोर्ट, फास्टर एप स्टार्ट टाइम, नयाँ मिडिया कोड्सका साथै क्यामराका लागि नयाँ फीचरहरु राखिने बताईएको छ ।

गूगलले नयाँ अपरेटिंग सिस्टमले स्मार्टफोन चलाउने अनुभवलाई पहिलेको भन्दा उत्कृष्ट बनाउने दाबी गरेको छ । एन्ड्रोयडको नयाँ भर्सन हाल गूगलको पिक्सेल पिक्सेल एक्सएल यूजर्सकालागि मात्र उपलब्ध गराईएको छ ।

एन्ड्रोयडको नयाँ भर्सनमा प्राइभेसी सेटिंग राखिएको छ जसमा यूजर्सले इन्स्टल गरेको एपमा अधिक नियन्त्रण हुनेछ । यसका साथै गूगलले डिभाइसमा फाइल शेयर गर्नका लागि लिमिटेड एक्सेस मात्र उपलब्ध हुने बताएको छ । यसको अर्थ यूजर्सको फोटो, भिडियो, तथा अन्य मिडिया फाइल्स शेयर गर्नको लागि एपलाई प्रयोगकर्ताले अनुमति दिनुपर्नेछ ।

डाउनलोडको समयमा कुन फाइल लिने हो त्यसको लागि पनि यूजर्सलाई अनुमति दिने अप्शन राखिएको छ । यसका साथै ब्याकग्राउण्डमा संचालन हुने एप्समा पनि यूजर्सको नियन्त्रण हुनेछ ।

एन्ड्रोयड क्यूको शेयर मेन्यूमा पनि परिवर्तन गरिएको छ । कम्पनीकाअनुसार यो एन्ड्रोयड ९ भन्दा उत्कृष्ट हुनेछ । एउटा एपबाट अर्को एपमा जाने काम तिब्ररुपमा गर्न सकिनेछ भने गू्गलले नयाँ एन्ड्रोयड भर्सनको सेटिंग प्यानलमा पनि निकै परिवर्तन गरेको छ ।

नयाँ भर्सनमा यूजर्सले एप चलाउँदै गर्दा नै महत्वपूर्ण सेटिंगमा सिधा परिवर्तन गर्न सक्ने सुविधा हुनेछ । नयाँ ओएसमा गूगलले स्लाइसेज फीचर प्रयोग गरेको छ । जून यसअघि एन्ड्रोयड ९ पाइमा पनि थियो ।

गूगलले नयाँ ओएसमा यूजर्स इन्टरनेट कनेक्टिभिटी, एनएफसी लगायतका मेनूहरुमा पनि क्विक एक्सेसको लागि यूआईमा परिवर्तन गरेको छ ।

नयाँ अपरेटिंग सिस्टममा वाईफाईको कार्यदक्षता पनि सुधारिएको अनुभव हुनेछ । जसमा यूजर्सले रियल टाइम गेमिंग तथा भ्वाइस कल्सको उत्कृष्ट अनुभव हासिल हुनेछ । त्यस्तै वाईफाई यूजको समयमा पावर उपभोग कम गर्नको लागि वाईफाई फ्रेमवर्कमा पनि परिवर्तन गरिएको छ ।

गूगलले नयाँ ओएसमा विशेषगरि प्राइभेसी र सिक्योरिटी फीचरमा अधिक काम गरिरहेको छ। कम्पनीले अनुसार एन्ड्रोयड क्यू भर्सन कम्पनीको प्रोजेक्ट स्ट्रोबको एक हिस्सा भएको बताएको छ ।

अब एपले केबल त्यहि समयमात्र लोकेशन एक्सेस गर्न सक्नेछ जतिबेला सो एप यूजर्सले प्रयोग गरिरहेको हुनेछ । अर्थात अब कुनैपनि एप्सलाई अल टाइम लोकेशन एक्सेसको अनुमति हुनेछैन् । यसका साथै यूजर्सलाई लोकेशन शेयरमा आवश्यकताअनुसारको थप नियन्त्रणको अधिकारी दिईएको छ ।

डार्क मोडल
नयाँ ओएसमा पछिल्लो पटक निकै लोकप्रिय हुँदै आएको डार्क मोडल फीचर राखिएको छ । जसलाई प्रयोगकर्ताले सेटिंगमार्फत सजिलै प्रयोग गर्न सक्दछ र यो पूरै स्मार्टफोनको मेनूमा परिवर्तन हुनेछ ।

डिभाइस थीम
एन्ड्रोयड क्यूमा गूगलले नयाँ फीचर ल्याउने प्रयास गरेको छ। यो हाल डेभलपर अप्सनमा लुकाईएको छ तर यो भविश्यमा भने आउन सक्छ । यसमा ओएसलाई डिभाइसको आधारमा थीम परिवर्तन गरेर नयाँ अनुभव दिनसक्ने सुविधा हुन्छ । जसमा अक्षरको साइज, कलर, फन्टलगायत परिवर्तन गर्न सकिनेछ ।

स्क्रीन रेकर्डिंग
डिस्प्ले रेकर्ड गर्ने विषय कुनै नौलो होईन् । अहिले प्रयोगकर्ताहरुले थर्ड पार्टि एप्समार्फत यस्तो गरिरहेका छन तर अब भने एन्ड्रोयड क्यूमा नै यो फीचर आउनेछ । यसमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको डिस्प्ले रेकर्ड गर्न सक्नेछन् । यो फीचर यसअघि एप्पलको आईओएसमा उपलब्ध थियो ।

नोटिफिकेसन बढाउने
तपाईँको फोनको स्क्रीनमा देखिने नोटिफिकेसन कति लामो हुने र कसरी राख्ने भन्ने सेटिंग गर्न सकिने भएको छ । एन्ड्रोयड क्यूले कतिलामो नोटिफिकेसन राख्ने तथा कति समयसम्म राख्ने भन्ने सेटिंगको सुविधा दिन्छ।

क्यूआर कोडमार्फत वाईफाई शेयर गर्ने
क्यूआर कोडमार्फत वाईफाई शेयर गर्ने फीचर केहि स्मार्टफोन ब्राण्डहरुमा पहिलेदेखि नै छ ।तर अब भने गूगलले पनि एन्ड्रोयड क्यूमा यस्तो फीचर ल्याएको छ । नयाँ ओएसले तपाईँको वाईफाई कनेक्सन सामान्य क्यूआर कोडमार्फत शेयर गर्न सकिने फीचर राखेको छ । यो सुविधाले वाईफाईको पासवर्ड प्रत्येक डिभाइसमा राखिरहनुपर्ने झन्झटबाट मुक्ति दिन्छ ।

Sajilo Visa

प्रकाशित: १ चैत्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार