Technology Khabar १ चैत्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । टेस्लाले आफ्नो नयाँ मोडलको इलेक्ट्रीक गाडि मोडल वाई सार्वजनिक गरेको छ । अमेरिकी अटोमेकर कम्पनी टेस्लाले इलेक्ट्रीक स्पोर्टस यूटिलिटी भेहिकल अर्थात ईएसयूभीको रुपमा क्यालिफोर्नियामा मोडल वाई सार्वजनिक गरेको हो ।
यो गाडि निकै समयदेखि प्रतिक्षारत गाडिमध्ये एक हो जसले आगामी दिनमा यूरोपेली इलेक्ट्रीक गाडि कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
टेस्लाका सिईओ एलन मस्कले मोडल थ्रीको नै प्लेटफर्ममा कम्प्याक्स एसयूभी तयार भएको जानकारी दिए । मस्काअनुसार यो गाडि पहिलो चरणमा लंग रेन्ज भर्सनमा मात्र उपलब्ध भएको छ, जसले ४८२ किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।
यो गाडिको मूल्य कम्पनीले ४७००० अमेरिकी डलर तोकेकोछ ।
मोडल वाईको स्ट्याण्डर्ड भर्सन सन् २०२१ मा मात्र उपलब्ध हुनेछ जसको मूल्य करिब ३९ हजार अमेरिकी डलर हुने अनुमान छ । स्ट्याण्डर्ड भर्सन २३० माइलको रेन्जमा आउनेछ । जून गाडिलाई सात सिटे बनाउन अतिरिक्त ३ हजार डलर तिर्नुपर्नेछ ।
टेस्लाको वेबसाइटमा राखिएको जानकारीअनुसार कम्पनीमा डिजाइन र अर्डरअनुसार थप महंगो गाडि पनि लिनसकिनेछ जसमा लंग रेन्ज भर्सनमा नै रियर ह्विल ड्राइभ आगामी वर्ष उपलब्ध हुनेछ । यो कार अर्डर गर्न २५०० डलर फिर्ता गर्न मिल्ने किसिमको धरोटी राख्नुपर्नेछ ।
मोडल वाईमा सात जना मानिसहरुले यात्रा गर्न सक्नेछन भने यसमा पानोरामिक रुफ राखिएको छ । तर यसको इन्टेरियर भने मोडल थ्रीको जस्तै छ, जसमा १५ इन्चको टचस्क्रीन इन्टरफेस राखिएको छ ।
टेस्ला मोडल वाई केबल ३.५ सेकेण्डमा ६० माइल्स प्रति घण्टाको रफ्तारमा जान सक्दछ भने टप स्पीड १५० माइल प्रति घण्टासम्म पुग्न सक्दछ ।
यो कारको परफमेन्स भर्सनको मूल्य ६० हजार डलरदेखि शुरु हुनेछ भने ड्यूल मोटर भेरिएन्टको मूल्य ५१ हजार देखि शुरु हुनेछ ।
मस्कले यो मोडल वाई मोडल एक्स र मोडल थ्री भन्दा अधिक बिक्री हुने अपेक्षा गरेका छन तर कति संख्यामा भनेर खुलाएनन् । टेस्ला मोडल वाई सन् २०२० देखि मात्र बजारमा उपलब्ध हुनेछ ।
बितेको १२ महिनादेखि अहिलेसम्म टेस्लाले विश्वभर १० लाख गाडिहरु बिक्री गरेको मस्कले जानकाी दिए । एजेन्सी
प्रकाशित: १ चैत्र २०७५, शुक्रबार