१५ करोड प्रयोगकर्तामा एडवेयरको आक्रमण, तपाईको फोनमा यी एप्स भए हटाउनुस्

काठमाडौं । गूगल प्ले र मालवेयर बीचको सम्बन्ध निकै पुरानो हो। गूगलले तिनीहरूलाई हटाउने निकै प्रयास गर्दछ, तर समय समयमा प्ले स्टोरमा उपलब्ध एडवेयर र मालवेयर भएका एप्सहरु निकै भेटिन्छन् । गूगलले हालै प्ले स्टोरबाट धेरै एप्स हटायो । तर फेरी गूगलको प्ले स्टोरबाट २०० भन्दा बढि एप्स हटाएको छ ।

सुरक्षा फर्म चेकपोइन्टका शोधकर्ताहरूले पत्ता लगाएका थिए कि यी एप्स वास्तवमा एडवेयरबाट प्रभावित थिए।एडवेयर सफ्टवेयर हो जुन पपमार्फत तपाइँलाई विज्ञापनहरु देखाउँछ र यसको लागि कुनै अनुमतिको आवश्यकता पर्दैन। यी वास्तवमा कम्प्यूटरका लागि बनाइएका हुन्छन्, तर अब यस्ता एप्सहरू स्मार्टफोनहरूमा पनि भेटिन्छन छन्।

रिपोर्टअनुसार यो एन्ड्रोइड एडवेयर संसारभरि १५ करोड डिभाइसमा भेटिएका छन् । यो कथित सिम्बाड मालवेयर रियल ट्राक्टर फार्मिंग सिम्युलेटर Real Tractor Farming Simulator, , हेभी माउंटेन बस सिम्युलेटर २०१८ Heavy Mountain Bus Simulator 2018 र स्नो हेभी एक्साभेटर सिम्युलेटर Snow Heavy Excavator Simulator लगायत अन्य यस्तै केही मोबाइल गेमको लागि सिर्जना गरिएको थियो।

यी प्रत्येक एप्सहरू पाँच लाख भन्दा बढी पटक डाउनलोड गरिएको छ। यी मध्ये एउटा एप्स १ करोड भन्दा बढी पटक डाउनलोड गरिएको छ। यी सबै गरेर कुल २१० वटा एप्स भेटिएका थिए जसलाई गूगलले प्ले स्टोरबाट हटाएको छ ।

शोधकर्ताहरूले सिमब्याडसँग तीन समूहहरूमा विभाजन गर्ने क्षमता रहेको बताएका छन जसमाविज्ञापनहरू, फिशिङ र एक्सपोज टु अदर एप्लिकेशनमा विभाजन हुनसक्नेछन् । यसबाट, सिमब्याड मालवेयर सिर्जना गर्ने आक्रमणकारीले बहु प्लेटफर्महरूका लागि फिशिंग पेजहरु सिर्जना गर्न सक्ने र तिनीहरूलाई ब्राउजरमा खोल्न सक्छन्। यसको माध्यमबाट प्रयोगकर्ताहरू सिधै फिशिंगको शिकार हुन सक्नेछन् । फिशिंगले तपाईको यूजरनेम तथा पासवर्ड चोरी गर्न सजिलै गर्न सक्छ।

यदि तपाईँको स्मार्टफोनमा पनि यस्तो एप्स अझै प्रयोगमा छ भने त्यसलाई तत्काल हटाउनुहोस र सुरक्षित बन्नुहोस् ।

माध्यम

Leave a Reply