मोबाइल फोनले अष्ट्रेलियामा यसरी बचायो मानिसको ज्यान

काठमाडौं । मोबाइल फोनले मानिसको ज्यान लिएको समाचार हामिले सुन्दै आएका छौं तर मोबाइलले मानिसको ज्यान लिने मात्र नभई बचाउने पनि गर्दछ ।

हालै मोबाइल फोनले मानिसको ज्यान बचाएको घट्ना अष्ट्रेलियामा घटेको छ । मोबाइल फोन बोक्ने मानिसलाई अर्को कसैले धनुषकाँणबाट आक्रमण गर्दा बोकेको मोबाइल फोनले उसलाई बचाएको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स शहरको निम्बिनमा एक ४३ वर्षिय अष्ट्रेलियनको घरबाहिर आक्रमणकारीले आधुनिक धनुषकाँणबाट तीर हान्दै आक्रमण गर्दा उनलाई मोबाइल फोनले बचाएको हो ।

सो आक्रमणकारीसँगको विवादलाई खिच्न फोन झिक्न खोज्दा सो मोबाइल फोनमा नै तीर आएर लागेको थियो । त्यसबेला सो डिभाइसले उसलाई बचायो ।

प्रहरीकाअनुसार सो घट्नामा पिडितको मोबाइल फोनलाई छेडेर नै सो तीर आरपार भएको थियो । जसले गर्दा सो तीर उसको अनुहारमा लाग्नबाट बचेको थियो । सो मानिसलाई सामान्य चोट लागेको भएपनि उनी सुरक्षित भएका थिए ।

हतियारधारी ३९ वर्षिय आक्रमणकारीलाई प्रहरीले त्यसपछि पक्राउ गरेको थियो । पिडित र आक्रमणकारीबिच आपसमा चिनजान रहेको प्रहरीले बताएको छ ।

माध्यम