यस्तो छ टोयोटाले चन्द्रमामा गुडाउने गाडि, फ्यूलसेल टेक्नोलोजीबाट चल्ने

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा मानिस बोक्न मिल्ने नयाँ गाडि बनाउन लागेको छ । टोयोटा मोटर कर्पले हालै नयाँ शक्तिशाली लुनार रोभर्स गाडि बनाउँदै छ जसको नाम टोयोटा जेएएक्सए (Toyota-Jaxa) राखिएको छ ।

जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सीले कारमेकर कम्पनीसँग सेल्फ ड्राइभ गर्न सक्ने गाडि बनाउँदैछ जसले दुईजना अन्तरिक्षयात्रीहरुलाई बोक्न सक्नेछ ।

यो गाडिमा ६ वटा चक्का हुनेछ जसले १० हजार किलोमिटरसम्मको यात्रा गर्न सक्दछ । यो गाडि सन् २०२९ सम्ममा चन्द्रमामा उतार्न सकिने अपेक्षा गरिएको छ ।

यसमा टोयोटाको फ्यूलसेल टेक्नोलोजीमार्फत गाडिमा उर्जा प्रदान गरिनेछ जून दुईजना अन्तरिक्षयात्रीका लागि पर्याप्त हुनेछ ।

चन्द्रमामा पुगिसकेपछि यस गाडिमा यात्रा गर्ने अन्तरिक्ष यात्रीहरुले गाडिभित्र आफ्नो अन्तरिक्षमा प्रयोग गरिने सुट खोल्न सक्नेछन तथा यसभित्र आरामपूर्वक बस्न सक्नेछन्, टोयोटाका भाइस प्रेसिडेन्ट सिगेकी टेराशीले भने ।

यो अभियानमा यात्रा गर्ने अन्तरिक्षयात्रीहरु नासाको स्पेस सटलबाट उड्नेछन जून जापानको तर्फबाट अन्तराष्ट्रिय स्पेस स्टेशनमा पहिलो जापानी कमाण्डर बन्नेछन् ।

टोयोटाको यो रोभर्स दुईवटा साना मिनीबसको साइजजस्तो छ भने यो ६ मिटर लामो र १३ स्वायरमिटरको क्षेत्र ओगट्दछ । यसले सौर्य उर्जा प्रयोग गर्नेछ भने फ्यूल सेलले पावर प्रदान गर्नेछ । एजेन्सी

Leave a Reply