विश्वभर फेसबुक र इन्स्टाग्राम बन्द हुनुको कारण के हो ? के भन्यो फेसबुकले ?

Technology Khabar ३० फाल्गुन २०७५, बिहीबार

विश्वभर फेसबुक र इन्स्टाग्राम बन्द हुनुको कारण के हो ? के भन्यो फेसबुकले ?

काठमाडौं ।

काठमाडौं । विश्वभरका सामाजिक संजाल फेसबुक र इन्टाग्राममा समस्या आउँदा यसका प्रयोगकर्ताहरुले समस्या भोगिरहेका छन् । बुधबार बेलुकीदेखि समस्या आएको हुँदा फेसबुक र इन्टाग्राममा पोष्ट, शेयर, कमेन्टका साथै कतिपय अवस्थामा लगइनमा नै समस्या आएकोछ ।

यो समस्या नेपालमा भने बुधबार रातीदेखि देखिएको भएपनि अन्य मुलुकहरुमा भने बुधबार अपरान्हदेखि नै यस्तो समस्या देखिएको प्रयोगकर्ताहरुले बताएका छन् । नेपालसहित भारत, चिली, अमेरिका, क्यानाडा, इटलीसहित विभिन्न देशहरुका प्रयोगकर्ताले समस्या भोगे ।

फेसबुक तथा इन्स्टाग्राम प्रयोगमा समस्या आएपछि प्रयोगकर्ताहरु ट्विटरबाट आफ्नो समस्याहरु सुनाए ।

हिजो बेलुकादेखि फेसबुक र यसको सबै एप्स तथा इन्स्टाग्राममा आएको समस्याका कारण कतिपयले आफ्ना विचारहरु फेसबुकमा पोष्ट तथा शेयर गर्न नपाएको गुनासो गरिरहेका छन भने कतिपयले भने इन्टामा फोटो राख्न नपाएको बताईरहेका छन् । फेसबुकले यो विषयमा जानकार रहेको बताएको थियो र समस्या समाधान गरिरहेको उल्लेख गरेको थियो ।

तर फेसबुक र इन्स्टा मात्र नभई बुधबार गूगलका केहि सर्भिसहरु पनि बन्द भएका थिए । गूगलको ड्राइभ, ह्यांगआउटलगायतका सर्भिस डाउन भएका थिए ।

गूगलको समस्या समाधान भइसकेको जनाएको छ भने फेसबुक र इन्स्टाले पनि समस्या समाधान गरिसकेको छ । तर फेसबुकले किन फेसबुक डाउन भयो भन्ने जानकारी दिएको छ ।

केहि विशेषज्ञहरुले फेसबुकमा डिडिओएस आक्रमणका कारण यस्तो भएको बताएका छन् तर फेसबुकले डिडिओएस अट्याकका कारण समस्या नभएको स्पष्ट पारेको छ ।

विशेषगरि ह्याकरहरुले कुनैपनि वेबसाइटमा अत्यधिक ट्राफिक पठाएर त्यसलाई क्र्यास गराउनका लागि डिडिओएस अर्थात अर्थात डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस अट्याक भन्ने गरिन्छ ।

तर हालसम्म यहि कारणले समस्या आएको भन्ने अझै फेसबुकले जानकारी दिएको छैन् । फेसबुकले आधिकारिक जानकारी दिएमा हामी पुन अपडेट दिनेछौं ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार