इलेक्ट्रीक कार मेकर टेस्लाले गाडिको मूल्य बढाउँदै, रिटेल स्टोर बन्द नगर्ने

Technology Khabar २७ फाल्गुन २०७५, सोमबार

इलेक्ट्रीक कार मेकर टेस्लाले गाडिको मूल्य बढाउँदै, रिटेल स्टोर बन्द नगर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रीक कार मेकर कम्पनी टेस्लाले आफ्ना सबै गाडिहरुको बजार मूल्य बढाउने भएको छ । यसअघि कम्पनीले विभिन्न स्टोरहरु बन्द गरेर आफ्नो मूल्यलाई स्थिर राख्ने बताउँदै आएको थियो । तर हाल कम्पनीले आफ्नो विचारमा परिवर्तन गर्दै स्टोरहरु खुलै राख्ने तर गाडिहरुको मूल्य भने बढाउने निर्णय गरेकोछ ।

कम्पनीले विश्वभर आफ्ना टेस्ला गाडिको मूल्यमा यहि मार्च १८ तारिखदेखि ३ प्रतिशतसम्मको वृद्धि गर्ने भएको हो । तर हालै सार्वजनिक गरेको ३५ हजार अमेरिकी डलर मूल्यको मोडल ३ गाडिको मूल्य भने यथावत नै राख्ने भएको छ ।

कम्पनीले मोडल थ्रीएस, मोडल एस र मोडल एक्सको मूल्य बढाउने भएको छ । कम्पनीले सबै रिटेल स्टोरहरुको छुट्टाछुट्टै मूल्यांकन गरेपछि यो निर्णय लिएको जनाएको छ । यसअघि नै कम्पनीले करिब १० प्रतिशत टेस्ला स्टोरहरु बन्द गरिसकेको छ ।

यसअघि कम्पनीले सबै स्टोरहरु बन्द गर्ने र अनलाईनबाट मात्र विश्वभर टेस्ला गाडिहरु बिक्री गर्ने बताएको थियो । यसो गर्दा कम्पनीले गाडिको मूल्यमा ६ प्रतिशतसम्मको कम मूल्य गर्न सकिने बताउँदै आएको थियो । तर हाल कम्पनीले अचानक आफ्नो योजनामा परिवर्तन गरेको उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार