ह्वावे वाई सेभेन२०१९ नेपाली बजारमा, मूल्य १९ हजार ९ सय ९० रुपैयाँ

काठमाडौं । ह्वावे कम्पनीको वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको कम्पनीको भनाई छ ।

यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ-ओरोरा ब्लू, मिडनाइट ब्ल्याक र कोरल रेड । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य कम्पनीले १९ हजार ९ सय ९० रुपैयाँ तोकेको छ।

६.२६ ईन्चको ठूलो ड्यूड्रप डिस्प्ले, १३ मेगापिक्सेल प्लस २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

ह्वावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण ह्वावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहने कम्पनीको दाबी छ ।

भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरेको छ । ह्वावेको फ्ल्यागशीप ह्वावे मेट ट्वान्टी र ह्वावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ ।

८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ ।

ह्वावे वाई सेभेन २०१९ले भिडियो र तस्वीरहरू सूक्ष्म रूपमा र स्पष्टताका साथ खिच्ने गर्दछ र यसमा जडित वाइड एपर्चरले धमिलो पृष्ठभूमि भएको पोरट्रेटहरू पनि सपोर्ट गर्दछ ।

ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ । यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन–स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ अबमा सदाका लागि सेभ हुन्छ ।

वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् ।

वाई सेभेन २०१९मा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

Cheap Sex Cam Website

Leave a Reply