नेपालको स्याटेलाइट सञ्चालन र सुरक्षण मुद्रण स्थापना गर्न फ्रांन्सले सहयोग गर्ने

  • Technology Khabar | २५ फाल्गुन २०७५, शनिबार
नेपालको स्याटेलाइट सञ्चालन र सुरक्षण मुद्रण स्थापना गर्न फ्रांन्सले सहयोग गर्ने

काठमाडौं ।

काठमाडौँ । भूउपग्रह(स्याटेलाइट) सञ्चालन एवम् व्यवस्थापन गर्न तथा सुरक्षण मुद्रण स्थापना नेपाल र फ्रांन्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको छ दिवसीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) ले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ (१२३.३ E) भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको योजना कार्यान्वयन गर्न फ्रांन्स सरकारले नेपाललाई सहुलियतपूर्ण आर्थिक सहयोग तथा प्राविधिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही फागुन १३ देखि १५ गतेसम्म स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल सञ्चारसम्बन्धी विश्वव्यापी प्रणाली (जिएसएम) को मन्त्रीस्तरीय कार्यक्रममा सहभागी तथा फ्रांन्सका विदेश राज्यमन्त्री जँ वाप्टिस्ट लम्बानको निमन्त्राणमा फ्रांन्सको औपचारिक भ्रमण पूरा गरी शनिवार अपराह्न स्वदेश फर्केका मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन गर्न मन्त्रीस्तरमा दुई देशका सरकारबीच आशयपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रांन्स सरकारको स्वामित्वमा रहेको ‘इन्ग्रुपे’ कम्पनीबीच सुरक्षण मुद्रण स्थापना गर्ने तथा भूउपग्रह सञ्चालनसम्बन्धी समझादारीपत्रमा नेपाल दूरसञ्चार प्राधिकरण र फ्रांन्स सरकारको थालेस एलेनिया स्पेसबीच हस्ताक्षर भएको जानकारी उनले दिए।

दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम शुरु गर्ने तथा सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र भूउपग्रहसम्बन्धी काम तीस महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको मन्त्री बाँस्कोटाले बताए।

प्रकाशित: २५ फाल्गुन २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २५ फाल्गुन २०७५, शनिबार