कार अलार्म सिस्टममा सुरक्षा जोखिम, ह्याक गरेर कार नियन्त्रण गर्न सक्ने

Technology Khabar २४ फाल्गुन २०७५, शुक्रबार

कार अलार्म सिस्टममा सुरक्षा जोखिम, ह्याक गरेर कार नियन्त्रण गर्न सक्ने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने र लोकप्रिय कार अलार्म सिस्टमहरुमा गंभिर सुरक्षा जोखिम भेटिएको छ । जसमा टाढाबाटै गाडिलाई नियन्त्रणमा लिन सकिने र अपहरण गर्न सकिने देखिएको छ ।

हालै बेलायतको साइबर सेक्यूरिटी कम्पनी पेन टेस्ट पार्टनर्सद्धारा गरिएको अनुसन्धानअनुसार कार अलार्म सिस्टममा गंभिर सुरक्षा चुक भेटिएको हो । रसियन अलार्म मेकर पाण्डोरा र क्यालिफोर्नियामा आधारित भाइपरद्धारा बनाईएका कार अलार्म सिस्टमलाई सजिलै ह्याक गर्न सकिने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार दुबै सिस्टमको एपिकेमा हेरफेर गर्न सकिने र त्यसको माध्यमबाट अलार्म सिस्टिमको प्रयोगकर्ताको एकाउन्टमा नियन्त्रण गरेर निजको गाडिलाई नियन्त्रण गर्न सकिनेछ ।

यस्तो जोखिम सो अलार्म सिस्टमहरुमा हुनुको कारणमा त्यसमा दिईएको रिसेटिंगको प्रकृया रहेको छ । जसमा ती एपहरुको एपिकेले एकाउन्ट रिसेट गर्दा आधिकारिक व्यक्तिले गरेको हो वा होईन भन्ने पत्ता लगाउन असफल भएको देखिएको छ । यसको माध्यमबाट अनुसन्धानकर्ताहरुले कारलाई नियन्त्रणमा लिएका थिए ।

अनुसन्धानकर्ताहरुले अलार्मको परिक्षण गर्दा जो कोहिले पनि यूजर एकाउन्ट खोलेर कुनैपनि आधिकारिक एकाउन्टमा पहुँच पाउन सक्ने र कम्पनीको यूजर डाटा लैजान सक्ने भेटिएको छ ।

यो कार अलार्म सिस्टम प्रयोग गर्ने विश्वभरका करिब ३० लाख गाडिहरु जोखिममा रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

उनीहरुले रियल टाइममा कार कुन स्थानमा छ भन्ने पत्ता लगाउन सकिने, कारको ढोका अनलक गर्न सकिने, कारको इन्जिन नै बन्द गर्न वा संचालन गर्न सकिने परिक्षणमा भेटेका थिए । त्यस्तै केहि कारको मोडल नै पत्ता लगाउन सकिने किसिमको कमजोरी भेटेका थिए ।

अनुसन्धानको क्रममा उनीहरुले पाण्डोरा अलार्म सिस्टममा राखिएको इन कार माइक्रोफोनबाट कार भित्र गरिएको कुराकानी समेत सुन्न सकिने पत्ता लगाए ।

अनुसन्धानकर्ताहरुले भेटेको गंभिर त्रुटीपछि दुबै कम्पनीहरुले सो सुरक्षा त्रुटीलाई सम्बोधन गरेको बताएका छन् ।

प्रकाशित: २४ फाल्गुन २०७५, शुक्रबार