स्काइपको वेब भर्सन अपडेट, एचडी भिडियो कलिंग र कल रेकर्डको सुविधा

Technology Khabar २४ फाल्गुन २०७५, शुक्रबार

स्काइपको वेब भर्सन अपडेट, एचडी भिडियो कलिंग र कल रेकर्डको सुविधा

काठमाडौं ।

काठमाडौं । भिडियो च्याटिंगका लागि प्रयोग हुँदै आएको एप्लिकेसन स्काइपको नयाँ वेब भर्सन उपलब्ध भएको छ । माइक्रोसफ्टले स्काइपको नयाँ भर्सन ल्याएको हो जसका कारण अब क्रोम तथा एज यूजरहरुले छुट्टै एप प्रयोग गर्ने बाध्यता हटेको छ ।

नयाँ भर्सनको माध्यमबाट क्रोम प्रयोगकर्ता र एज प्रयोगकर्ताहरुले वेबबाट एचडी भिडियो कलिंग तथा कल रेकर्डिंग फीचरको प्रयोग गर्न सक्ने भएका छन् ।

नयाँ भर्सनमा इन्टरफेस तर्फपनि धेरै सुधार गरिएको छ भने कुराकानीको कन्टेन्ट राख्न पनि सहज बनाईएको छ ।

यसमा आउने नयाँ नोटिफिकेसनले गर्दा प्रत्येक समय तपाईँलाई कसैले मेन्सन गरेको वा कोट गरेको छ भने हेर्न सक्नुहुनेछ । त्यसैगरि नयाँ मिडिया ग्यालरी राखिएको छ, जसमा तपाईँले टेक्स्ट च्याटको बेला पठाएको तस्विरहरु सहजरुपमा हेर्न सक्नुहुनेछ ।

व्यक्तिगत कुराकानीका बिचमा पनि तपाईँले नयाँ सर्च गर्न सक्ने फीचर थप गरिएको छ ।

माइक्रोसफ्टको नयाँ स्काइपको वेब भर्सन विण्डोज १० अथवा म्याक १०.१२ सिएरा भन्दा नयाँ अपरेटिंग सिस्टममा मात्र काम गर्दछ ।

एज र क्रोम ब्राउजरमा यसले काम गरेपनि अन्य ब्राउजरहरु फायरफक्स, सफारी र ओपेरामा भने यो हाल सपोर्ट गर्दैन् ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७५, शुक्रबार