ओपो एफनाइनको बजार मूल्य घट्यो, अब ३७,९९० रुपैयाँमै किन्न पाईने

Technology Khabar २२ फाल्गुन २०७५, बुधबार

ओपो एफनाइनको बजार मूल्य घट्यो, अब ३७,९९० रुपैयाँमै किन्न पाईने

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले भोक प्रविधि सुसज्जित एफनाइन (४जीबी भ्यारिण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।

ओपोले आफ्नो एफ सिरिजको सबैभन्दा माथिल्लो स्तरको फोनको मूल्य कटौती गर्नाले बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने तयारी गरिरहेको अनुमान छ ।

हालै छिमेकी मुलुक भारतमा ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ११प्रो सार्वजनिक गरेको थियो । सो स्मार्टफोन छिटै नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ । सो स्मार्टफोनको विशेषताको रुपमा पपअप सेल्फी क्यामरा रहेको छ ।

सो स्मार्टफोन कम्पनीले नेपालमा यहि मार्च महिनाभित्रै सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने कम्पनीको भनाई छ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दूई थोपा झैँ देखिन्छ ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ । स्क्रिनसंग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहित कालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । उद्योगकै अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ ।

पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) हालैको मूल्य समायोजन पछि रु. ३७ हजार ९ सय ९०मा उपलब्ध गरिएको छ । नयाँ मूल्य सन् २०१९को मार्च १ देखि लागू भइसकेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार