एप्पलले चीनमा आइफोनको मूल्य घटायो, ३०० डलरसम्म सस्तो

Technology Khabar २२ फाल्गुन २०७५, बुधबार

एप्पलले चीनमा आइफोनको मूल्य घटायो, ३०० डलरसम्म सस्तो

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्ना सन् २०१८ मा ल्याएको तीन नयाँ आइफोनले पनि अपेक्षा गरेअनुसारको बिक्री नहुँदा चिन्तित भएको छ । कम्पनीले विशेषगरि चिनियाँ बजार सुस्त हुँदा आफ्नो आम्दानीमा पनि असर पर्दै आएको बताएको छ । तर कम्पनीका सिईओ टिम कुकले बिस्तारै बजारमा सुधार आउने अपेक्षा गरेका छन् ।

चीनमा एप्पलको स्मार्टफोन बजार हिस्सा अत्यन्तै न्यून रहेको छ अझ ह्वावेको विवादले एप्पलको बिक्रीमा झनै असर पार्यो तर अब भने कम्पनीले केहि सुधारका कार्यहरु गर्दै आएको छ । त्यसैले गएको जनवरीमा कम्पनीले चीनमा आफ्ना नयाँ आइफोनहरुको मूल्य कटौती गरेको थियो ।

अब फेरी आइफोनका रिसेलरहरुले आइफोन एक्सएस मोडलहरुमा पुन प्रमोशनल अफर ल्याएका छन जसमा निकै ठूलो रकम घटाईएको छ ।

हालै आएको रिपोर्टअनुसार चीनमा आइफोन एक्सएसको मूल्यमा १००० यूआन अर्थात १५० डलरसम्मको कटौती स्टोरहरुमा गरिएको छ भने अनलाइन प्रमोशनमा १९५ अमेरिकी डलरसम्म घटाईएको छ । अर्को आइफोन एक्सएस म्याक्समा पनि करिब ३०० अमेरिकी डलरसम्म मूल्य घटाईएको छ ।

त्यसैगरि जेडी डटकमले पनि आईफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको मूल्य १००० यूआन र १७०० यूआन सम्म घटाएको छ ।

यसअघि नै एप्पलले केहि बजारहरुमा आइफोनको मूल्य घटाउने बताउँदै आएको थियो ।

Global Bank
easy care

प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

ताजा समाचार