आइएमई पेबाट गण्डकी र धौलागिरीका पेट्रोल पम्पमा भुक्तानी गर्न सकिने

Technology Khabar २१ फाल्गुन २०७५, मंगलवार

आइएमई पेबाट गण्डकी र धौलागिरीका पेट्रोल पम्पमा भुक्तानी गर्न सकिने

काठमाडौं ।

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ ।

मंगलवार पोखरामा आयोजित विशेष कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे ।

कार्यक्रममा पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राही लाभान्वित हुने जानकारी दिए ।

सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार