यूएसबी केबलको नयाँ भर्सन घोषणा, यूएसबी ४ ले ४० जीबीपीएस डाटा ट्रान्सफर गर्ने

काठमाडौं । यूएसबी केबलको नयाँ भर्सन अन्तराष्ट्रिस्तरमा सार्वजनिक भएको छ । इन्टेल तथा यूएसबी प्रोमोटर ग्रुप–यूएसबी (आईएफ) ले तिब्रगतिको डाटा ट्रान्सफर गर्न सकिने यूएसबी ४ (USB4) सार्वजनिक गरेको हो ।

यो नयाँ केबल अहिलेको यूएबसी ३.२ जेन २x२ भन्दा दोब्बर ब्याण्डविथ ट्रान्सफर गर्न सक्ने किसिमको रहेको छ । जसले ४० गीगाबाईटस प्रति सेकेण्डको ब्याण्डविथ आदानप्रदान गर्न सक्छ । यसअघि ३.२ लाई यूएबसी ३.० नामले चिनिन्थ्यो तर यसको नयाँ भर्सनलाई बन्द गर्ने घोषणा गरिएको थियो ।

यूएसबी ३.२ को पहिलो जेनेरेशनले १० जीबीपिएस तथा दोस्रो जेनेरेशनले २० जीबीपिएसको डाटा स्पीड प्रदान गर्दथ्यो ।

यूएसबी आईएफ USB IF ले सोमबार आधिकारिकरुपमा नै यूएसबी ४ सार्वजनिक भएको घोषणा गरेको हो । नयाँ यूएसबीले उदाहरणका लागि दुईवटा फोरके डिस्प्ले ६० हर्जमा ड्राइभ गर्न सक्दछ ।

यो नयाँ यूएसबी ४ इन्टेलको थण्डरबोल्ट ३ मा आधारित भएर निर्माण गरिएको हो, जून इन्टेलले यूएसबी ग्रुपलाई रोयल्टीमुक्त अर्थात निशुल्क लाइसेन्सको रुपमा प्रदान गरेको हो ।

थण्डरबोल्ट अधिकतमरुपमा एप्पलले प्रयोग गर्ने गर्दछ तर इन्टेलले माइक्रोसफ्सँग पनि विण्डोज १० सपोर्टका लागि काम गरिरहेको छ भने लिनक्स कम्प्यूटरमा पनि सहकार्य गरिरहेको छ ।

यूएसबी ४ ले १०० वाटसम्मको पावर सपोर्ट गर्दछ भने एक्सटर्नल ग्राफिक्स कार्ड, सिंगल फाइभ के डिस्प्ले सपोर्ट गर्दछ । यो यसअघिका यूएसबी ३.२, यूएसबी २.० र थण्डरबोल्टसँग पनि कम्प्याटिबल रहेको छ ।

हाल यूएसबी ४ को घोषणा गरेपनि यो पूर्णरुपमा आउन अझै केहि महिना लाग्ने अनुमान छ । हाल ५० भन्दा धेरै कम्पनीहरु यूएसबी ४ सर्टिफिकेसनको अन्तिम चरणमा छन जून सन् २०१९ को मध्यसम्ममा सार्वजनिक गरिनेछ ।

हाल प्रचलनमा रहेको यूएसबी ३.२ सन् २०१७ मा घोषणा गरिएको थियो जून अझै पनि पूर्णरुपमा प्रयोगमा आउन सकेको छैन् । त्यसैले यूएसबी ४ उपभोक्ताहरुसम्म आईपुग्न अझै केहि वर्ष लाग्ने अनुमान गरिएकोछ ।

सामान्य अर्थमा भन्दा यूएसबी केबल इलेक्ट्रोनिक्स डिभाइसहरु चार्ज गर्न तथा कम्प्यूटरमा डाटा आदान प्रदान गर्नका लागि प्रयोग गर्ने गरिन्छ ।

स्रोत माध्यम १ माध्यम २