ह्वावे अनरको नयाँ ट्याबलेट ‘ट्याब ५’ सार्वजनिक, यस्तो छ फीचरहरु

काठमाडौं । ह्वावेको सब ब्राण्ड अनरले चीनमा नयाँ ट्याबलेट अनर ट्याब ५ लन्च गरेको छ । कम्पनीले यो ट्याबलेटलाई बेसिक डिजाइनका साथमा ल्याएको छ । यसको बटममा थिक बेजल्स राखिएको छ ।

कम्पनीले यो नयाँ ट्याबलेटलाई वाईफाई मात्र वा वाईफाई र एलटिई अप्शनका साथमा किन्न सकिने गरि ल्याएको छ ।

अनर ट्याब ५ मा ८ इन्चको डिस्प्ले छ जसको रिजोल्यूशन १९२०ह१२०० पिक्सेल छ । यो ट्याबलेटमा २.२ गीगाहर्जको फोर कोर्टेक्स ए७३ कोरका साथै १.७ गीगाहर्जको फोर कोर्टेक्स ए५३ कोर प्रोसेसर राखिएको छ ।

यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । अनर ट्याब ५ मा ५,१०० एमएएचको ब्याट्री राखिएको छ भने ड्यूल स्टेरियो स्पीकर्स उपलब्ध छ । यो ट्याबलेट विशेषगरी गेमरहरुका लागि ध्यानमा राखेर ल्याएको बताईएको छ ।

कम्पनीकाअनुसार अनर ट्याबको बेस मोडलमा ३जीबी र्याम तथा ३२ जीबी स्टोरेज वाईफाई मात्र छ भने यो ट्याबको मूल्य चीनमा १,०९९ यूआन तोकिएको छ ।

यो ट्याबको ४जीबी र्याम तथा ६४ जीबी स्टोरेजको मूल्य १,२९९ यूआन तोकिएको छ ।

वाईफाई प्लस एलटिई बेस भेरिएन्टको मूल्य १,३९९ यूआन तथा टप मोडलको मूल्य १,४९९ यूआन छ । चीनमा यो ट्याबलेट १२ मार्चदेखि बजारमा आउनेछ भने चीनभन्दा बाहिर यो कहिलेदेखि उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।