टेस्लाको इलेक्ट्रीक एसयूभी मार्च १४ मा आउँदै, मोडल थ्रीभन्दा महंगो हुने

Technology Khabar २० फाल्गुन २०७५, सोमबार

टेस्लाको इलेक्ट्रीक एसयूभी मार्च १४ मा आउँदै, मोडल थ्रीभन्दा महंगो हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ मोडलको कार यहि मार्च १४ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले मोडल वाई अमेरिकाको एलए डिजाइन स्टूडियोमा एक कार्यक्रमका साथ सार्वजनिक गर्न लागेको कम्पनीका चिफ एक्जुकेटिभ अफिसर एलन मस्कले जानकारी दिएका छन् ।

‘मोडल वाई टेस्लाको एसयूभी गाडि हो जून मोडल थ्री भन्दा करिब १० प्रतिशत ठूलो हुनेछ, त्यसैले यसको लागत पनि १० प्रतिशत बढि हुनेछ र सोहि प्रकारको ब्याट्रीभन्दा केहि कम श्रेणीको ब्याट्री हुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् ।

टेस्लाको चीनको सांघाईमा रहेको गीगाफ्याक्ट्रीले मोडल थ्री तथा मोडल वाई गाडिहरु बनाउने अपेक्षा गरिएको छ, जसले वार्षिकरुपमा २ लाख ५० हजार गाडि उत्पादन गर्न सक्नेछ ।

टेस्लाले हालै मात्र मोडल थ्रीको सस्तो भर्सनको सेडान मोडल थ्रीएस ३५ हजार डलरमा सार्वजनिक गरेको थियो भने विश्वभर अनलाईनबाट मात्र गाडिहरु बिक्री गर्ने बताएको थियो ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०७५, सोमबार

तपाइको प्रतिक्रिया