Technology Khabar २० फाल्गुन २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो नयाँ स्मार्टफोन देखाउने अपेक्षा गरिएको थियो तर कम्पनीले केबल आफ्नो ५जी स्मार्टफोनको प्रोटो टाइप मात्रै प्रदर्शन गर्यो ।
कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन यो वर्षको दोस्रो क्वाटरमा मात्र सार्वजनिक गर्ने बताएको थियो । तर हालै कम्पनीको नयाँ स्मार्टफोनको डिजाइन रेण्डर्स लीक भएको छ ।
कम्पनीले ल्याउने भनिएको वनप्लस सेभेन (OnePlus 7)को डिजाइनमा पप अप सेल्फी क्यामरा देखिएको छ ।
यो स्मार्टफोनको सेल्फी क्यामरा यसअघि भीभो नेक्सबाट शुरु भएको थियो, जसलाई भीभोले भी १५ प्रो (vivo V15 Pro) मा पनि प्रयोग गरेको छ । त्यस्तै पप अप क्यामरा डिजाइन ओपोले आफ्नो नयाँ एफ ११ प्रो (Oppo F11 Pro) मा पनि लन्च गर्दैछ ।
हालै लीकस्टार अनलीक्सले ट्वीटरमार्फत नयाँ थ्रीडी रेन्डर देखाएका हुन् । सो रेन्डर लीकपछि वनप्लसको तस्वीर नै आउन सक्ने बताईएको छ ।
हालै आएको एक अर्को रिपोर्टअनुसार पनि वनप्लस सेभेन स्मार्टफोन स्लीक डिजाइनमा आउनेछ भने यसमा ट्रिपल रियर क्यामरा राखिनेछ । रेन्डर्सअनुसार रियर क्यामरा भर्टिकल सेपमा छ भने दोस्रो र तेस्रो सेन्सरको बीचमा लेजर फोकसिंग सेन्सर पनि राखिनेछ ।
कम्पनीले यो फोनमा ६.५ इन्चको डिस्प्ले राख्नेछ भने यसमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर उपलब्ध हुनेछ ।
फोनको देब्रेतर्फ भोल्यूम रकर तथा पावर बटन हुनसक्नेछ भने फोनमा यूएसबी टाइप सी चार्जिंग पोर्ट राखिनेछ जून बटम स्पीकरका साथमा आउनेछ ।
वनप्लस सेभेन स्मार्टफोनमा क्वालकमको सेभेन नानोमिटर स्न्यापड्रागन ८५५ चीपसेट हुने अनुमान गरिएको छ ।
प्रकाशित: २० फाल्गुन २०७५, सोमबार