Technology Khabar १९ फाल्गुन २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड फीचर केहि प्रयोगकर्ताहरुको लागि उपलब्ध भएको छ ।
फेसबुक मेसेन्जरमा डार्क मोड (Dark Mode) प्रयोग गर्नका लागि तपाईँले सामान्यरुपमा एउटा इमोजी पठाएर गर्न सक्ने सुविधा भने आएको छ ।
प्रयोगकर्ताले मेसेन्जरमा अर्धाकार चन्द्रमाको इमोजी (यस्तो किसिमको:🌙) च्याटमा पठाएर डार्कमोड फीचर इनेबल गर्न सक्नेछन् ।
यसरी डार्क मोड अन गर्ने
तपाईँले अर्को साथीलाई इमोजी पठाएसँगै तत्काल तपाईँले पप-अप मेसेज प्राप्त गर्नसक्नुहुनेछ जसमा यू फाउण्ड डार्क मोड भनेर लेखिएको हुनेछ। त्यसको तल एउटा बटन हुनेछ जसमा टर्न अन इन सेटिंग लेखिएको छ ।
सो बटनमा ट्याप गर्दा तपाईँले फेसबुक मेसेन्जरको सेटिंग मोडमा जानुहुनेछ । त्यहाँ तपाईँले डार्क मोड नामक नयाँ अप्सन भेट्नुहुनेछ । त्यहाँ एक बटन रहेको छ जसमा तपाईँले ट्याप गरेपछि तपाईँको मेसेन्जरमा डार्क मोड आउनेछ ।
यो अझैसम्म पनि स्पष्ट छैन की कुन कुन देशहरुमा यो नयाँ फीचर यसरी प्रयोग गर्न सकिन्छ भन्ने । तर नेपाल, पोर्चुगल, चेक रिपब्लिक, साउदीअरेबियालगायत देशका केहि प्रयोगकर्ताहरुले सो डार्क मोड प्रयोग गरिरहेका छन् ।
यो फीचर आइओएसका साथसाथै एन्ड्रोयड स्मार्टफोनमा पनि उपलब्ध रहेको छ ।
प्रकाशित: १९ फाल्गुन २०७५, आईतवार