स्थानिय सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवस २०७५ मनाए

Technology Khabar १९ फाल्गुन २०७५, आईतवार

स्थानिय सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवस २०७५ मनाए

काठमाडौं ।

काठमाडौं । देशका विभिन्न स्थानिय सरकारहरुले अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवस २०७५ भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष मार्च महिनाको पहिलो शनिबार विश्वव्यापी रुपमा खुला तथ्यांकको महत्व र यसका प्रयोगका बारेमा जोड दिई मनाईने गरिएकोमा यस वर्ष नेपालका १२ वटा स्थानिय सरकारहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् ।

नेपालको सम्बन्धमा स्थानिय सरकारको तहमा पहिलोपटक संयुक्त रुपमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

प्रदेश ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिन र सुनकोशी गाउँपालिका, ललितपूरको कोंज्योसोम गाउँपालिका र बागमति गाउँपालिकाले प्रभातफेरी कार्यक्रम, नाटक मञ्चन एवं छलफल कार्यक्रम गरी मनाए । यसैगरी बागमति गाउँपालिकामा स्थापित सूचना प्रविधि केन्द्रको उदघाटन बागमति गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले गरेका थिए ।

यसैगरी सूदुर पश्चिम प्रदेशका ८ वटा स्थानिय सरकारले समेत यस दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाए । यसअन्तर्गत कैलालीमा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका, डडेँलधुरामा अमरगढी नगरपालिका र नवदूर्गा गाउँपालिका, अछाममा साफेँबगर नगरपालिका र बान्नीगढी जयगढ नगरपालिका र बझांगमा जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिका रहेका छन् ।

डडेँलधुराका अमरगढी नगरपालिका र नवदूर्गा गाउँपालिकाले समेत आआफ्ना सूचना प्रविधि केन्द्रको उदघाट्न समेत गरेका थिए भने अछामका साफेँबगर नगरपालिका र बान्नीगढी जयगढ नगरपालिकाले प्रविधिमा आधारित गुनासो व्यवस्थापन एवं सम्बोधन प्रणालीको सुरुवात गरेको थियो । धनगढी उपमहानगरपालिले फ्लास मोब एवं सांगीतिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।

नेपालमा विगत केही वर्षदेखि दीगो सुशासनका लागि खुला सरकार र खुला सरकारी तथ्यांकका सम्बन्धमा विभिन्न तहबाट पहलहरु गरिदैँ आएका छन् । १२ स्थानिय सरकारहरुलाई सुशासन परियोजनाले प्रविधिको प्रयोगबाट दीगो सुशासनलाई सुनिश्चित गर्नका लागि सहकार्य गर्दै आइरहेको छ।

Global Bank
easy care

प्रकाशित: १९ फाल्गुन २०७५, आईतवार

ताजा समाचार