अढाईसय वटा डिभाइस एकैपटक जोड्न सकिने साओमी मेस राउटर, चारवटा च्यानल प्रयोग हुने

Technology Khabar १८ फाल्गुन २०७५, शनिबार

अढाईसय वटा डिभाइस एकैपटक जोड्न सकिने साओमी मेस राउटर, चारवटा च्यानल प्रयोग हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले आफ्नो नयाँ राउटर सार्वजनिक गरेको छ । कम्पनीले हालै आधिकारिकरुपमा चीनमा वेबो च्यानलमार्फत साओमी मेस राउटर उपलब्ध भएको जानकारी दिएको हो ।

सो च्यानकाअनुसार यो वाईफाई राउटरले एकैपटक विभिन्न उपकरणहरु कनेक्ट गर्न सकिन्छ । यसमा दुईवटा राउटरको समस्या रहेको छ, जसले वाईफाई नेटवर्क सिग्नलमार्फत घरेलु उपकरणहरु कनेक्ट गर्न सकिन्छ ।

नयाँ साओमी मेस राउटरमा क्वालकम डाकोटा क्वाडकोर एआरएम प्रोसेसर राखिएको छ, जसमा ७१७मेगाहर्जसम्म पुग्ने सिंगल कोर फ्रिक्वेन्सी रहेको छ । यसले गर्दा अनलाइन भिडियो प्लेब्याक सहजरुमा हुने र समग्रमा कार्यक्षमतामा अभिवृद्धि हुने बताईएको छ ।

यो साओमी मेस राउटरमा २५६ एमबीको आन्तरिक मेमोरी रहेको छ जसले गर्दा राउटरले डिभाइससँग निरन्तर कनेक्ट गर्न सक्नेछ । यो मेस राउटरको प्रत्येक सेटले २४८ वटा डिभाइसहरु एकैपटक कनेक्ट गर्न सकिने र यो निरन्तर हुनसक्ने बताईएको छ ।

साओमीको नयाँ राउटरमा चार च्यानल सपोर्ट गर्ने हाइब्रिड नेटवर्किंग प्रविधि प्रयोग गरिएको छ, यसले २.४गीगाहर्जको वाईफाई, ५गीगाहर्जको वाईफाई, गीगाबिट पावर लाइन र नेटवर्क केबल हाईब्रिड नेटवर्किंग प्रयोग गर्दछ ।

यसमा बताईएअनुसार यसको नेटवर्किंग स्पीड अधिकतम २५६७ मेगाबाइट प्रतिसेकेण्ड छ ।

साओमी मेस राउटरको अर्को विशेषता भनेको यसले अटोमेटिक आइडेन्टिफिकेसन टेक्नोलोजी रहेको छ जसले नेटवर्क पोर्टलाई सिधै पहिचान गर्दछ र त्यसको लागि डब्लूएएन, एलएएन पोर्ट आवश्यक पर्दैन् । होम नेटवर्कमा कुनैपनि नेटवर्क पोर्टलाई इन्टरनेट प्रयोगको लागि जोड्न सकिन्छ ।

Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०७५, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार