Technology Khabar १६ फाल्गुन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादक भारतीय कम्पनी एभन मोटर्सले जिरो प्लस इलेक्ट्रीक स्कुटर भारतमा सार्वजनिक गरेको छ ।
यसमा राखिएको ब्याट्री घरमा उपलब्ध सामान्य पावर सर्किटबाटै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। यो स्कूटर कम्पनीले गएको सेप्टेम्बरमा प्रदर्शन गरेको थियो ।
८०० वाटको ड्यूल लिथियम आयोन ब्याट्रीद्धारा संचालन हुने यो स्कूटरको ब्याट्री २ देखि ४ घन्टा भित्र फूलचार्ज हुनेछ । एक पटकको फुलचार्जमा एउटा व्याट्रीले ६० किलोमिटर माइलेज दिन्छ भने दुई व्याट्रीले संयुक्तरुपमा ११० किलोमिटरको माईलेज दिने बताईएको छ ।
यसमा उपलब्ध ब्याट्री रिमुभेबल रहेको छ साथै डिजिटल स्पीडोमिटर राखिएको छ। यसको टपस्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यो स्कूटरमा १५.२ लिटर क्षमताको स्टोरेज रहेको छ । यो स्कुटर रेड, ब्लू र ह्वाइट–कलर अप्सनमा उपलब्ध हुनेछ । फ्रन्टमा डिस्क–ब्रेक तथा रियरमा ड्रम–ब्रेकको प्रयोग गरिएको उक्त बाइकको तौल १५० किलोग्राम रहेको छ ।
कम्पनीले यो इलेक्ट्रीक स्कूटर चलाउने खर्च अन्य पेट्रोलबाट चल्ने स्कूटरको तुलनामा केबल १० प्रतिशत मात्र हुने दाबी गरेको छ ।
यसमा आगामी दिनमा स्मार्ट टेक फीचरहरु पनि उपलब्ध गराईने जानकारी दिएको छ ।
यो स्कूटरले भारतीय बजारमा ओकिनावा प्रेज, एथर ३४०, एथर ४५० जस्ता स्कूटरहरुसँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटरको मूल्य ४७ हजार भारु तोकेको छ।
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार