Technology Khabar १५ फाल्गुन २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । म्यूजिक स्ट्रीमिंग सेवा स्पोटीफाईले छिमेकी मुलुक भारतमा आफ्नो सेवा शुरु गरेको छ । कम्पनीले हाल सिमित यूजरहरुका लागि भारतमा सेवा दिन लागेको रिपोर्टमा उल्लेख छ ।
भारतीय बजारमा स्पोटीफाईले दुई किमिसको सेवा दिने भएको छ । जसलाई प्रिमियम र साधारण नामाकरण गरिएको छ ।
कम्पनीले पहिलो पटक निशुल्क गीत संगित सुन्न सकिने सेवा भारतमा ल्याएको छ । स्पोटीफाइ प्रयोगकर्ताले सब्सक्रिप्सनका लागि कुनै शुल्क नतिरेर पनि सो सेवा लिन सक्नेछन तर त्यसमा विज्ञापन हुनेछ । त्यस्तै भारतका लागि छुट्टै प्लेलिस्ट बनाईएको छ भने बलिउड सिनेमाहरुबाट पनि गीत संगित राखिएको छ ।
स्पोटीफाइको अर्को प्रिमियम सर्भिस लिनका लागि भने भारु ११९ तिर्नुपर्नेछ, जसबाट एक महिनासम्म सेवा प्रयोग गर्न सकिनेछ यस्तो सेवा लिनेलाई पहिलो महिना निशुल्क सेवा दिनेछ । त्यसैगरि स्पोटीफाइले एक दिने, साता, मासिक, तीन महिना, ६ महिना र वार्षिक योजनाहरु पनि ल्याएको छ ।
यसअघि स्पोटीफाइले लाइसेन्स समस्याका कारण भारतमा लन्च गर्न ढिला हुनसक्ने बताउँदै आएको थियो । भारतीय बजारमा स्पोटीफाइले स्थानीय प्रतिस्पर्धीहरु गाना, साभन, विन्कसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
कम्पनीले टी सिरिजसँग ग्लोबल कन्टेन्ट डिल गरेको थियो । जून कम्पनीसँग १ लाख ६० हजार भन्दा धेरै भारतीय गीत संगीतको अधिकार रहेको छ । टी सिरिज विश्वको सबैभन्दा ठूलो यूट्यूबरमध्ये दोस्रो स्थानमा रहेको छ ।
विश्वभर स्पोटीफाइका २०० मिलियन प्रयोगकर्ताहरु छन जसमध्ये ८७ मिलियन सेवाग्राहीले शुल्क तिर्ने गर्दछन् ।
यदि तपाईँ पनि स्पोटीफाइको एन्ड्रोयडमा डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार