Technology Khabar १३ फाल्गुन २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । भीभोले विश्व बजारमा हालै मात्र पप-अप सेल्फी क्यामरा डिजाइनको भीभो भी १५ प्रो सार्वजनिक गरेकोमा कम्पनीले नेपाली बजारमा पनि भीभो भी १५ प्रो (Vivo V15 Pro) सार्वजनिक गर्ने भएको छ ।
नेपाली बजारमा भीभोले यहि मार्च ७ तारिखमा भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको छ । हालै भारतबाट विश्वभर सार्वजनिक गरिएको भीभो भी १५ प्रो नेपाली बजारमा ल्याउने मिती निश्चित भएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।
‘हामी मार्च ७ तारिखमा भीभो भी १५ प्रो लन्च गर्ने तयारी गरिरहेका छौं, तर यसको बजार मूल्य अझै निश्चित भएको छैन् ,’ उनले भने ।
कम्पनीले भीभो भी १५ प्रोलाई ५० हजार रुपैयाँको हाराहारीमा राख्ने प्रयास गरिरहेको छ भने त्यसबारेमा छलफल हुँदै गरेको बताईएको छ ।
भारतमा यो फोनको मूल्य २८,९९० भारु तोकिएको छ; अर्थात करिब ४६ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा भने भारतको बजार मूल्य भन्दा केहि बढि मूल्य तोकेर ल्याउनेछ ।
यो स्मार्टफोनले आउँदै गरेको ओपोको एफ ११ प्रोसँग प्रतिस्पर्धा गर्ने देखिएको हुँदा पनि बजार मूल्य सोहिअनुसार राख्न सक्ने अनुमान गर्न सकिन्छ । ओपोले पनि भीभो भी१५ प्रोको नक्कल गर्दै मार्चको पहिलो साता विश्व बजारमा पप अप सेल्फी क्यामरा (Pop-Up selfie Camera) भएको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ, जून नेपाली बजारमा पनि आउनेछ ।
यसैबिच भीभोले भीभो भी १५ नामक नयाँ स्मार्टफोन मोडल सार्वजनिक गर्ने भएको छ । भीभो भी १५ प्रोभन्दा केहि कम विशेषताहरुसहितको नयाँ फोन ल्याउन लागेको हो ।
कम्पनीले भीभो भी १५ प्रो किन्न नसक्ने तर सोहि फिचर भएको फोन चाहने ग्राहकहरुका लागि भनेर केहि सस्तो मोडल ल्याउन लागेको हो ।
भीभो भी १५ मा पनि भी१५ प्रो भन्दा फरक ६.३९ इन्चको एलसिडी डिस्प्ले हुनेछ भने मिडियाटेक हेलियो पी७० चीपसेट, ४जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ ।
त्यसैगरि यसमा पावरब्याकअपका लागि ३,७०० एमएएचको ब्याट्री हुनेछ जसमा फास्ट चार्जिंग सपोर्ट हुनेछ ।
त्यस्तै यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने ४८ मेगापिक्सेलको मूख्य क्यामराको साटो २४ मेगापिक्सेलको क्यामरा हुने अनुमान छ । यो फोन कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट अवधि भने अझै खुल्न सकेको छैन तर यसको बजार मूल्य करिब ३१० अमेरिकी डलरभन्दा माथि हुनसक्नेछ ।
भीभोले नेपाली बजारमा पनि भीभो भी १५ स्मार्टफोन ल्याउनेछ ।
प्रकाशित: १३ फाल्गुन २०७५, सोमबार