Technology Khabar १२ फाल्गुन २०७५, आईतवार
काठमाडौं ।
स्पेन । फेब्रुअरी २३ का दिन स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । स्मार्टफोन ब्राण्ड ओपोले कार्यक्रममार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रबर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो ।
विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधिको डेब्यूका साथै फाइभजी प्रविधिमा उद्योगमै अग्रणी विकासका साथमा ओपोले मोबाइल कम्युनिकेसन जगतमा आफ्नो छविलाई एक अग्रणी नवप्रबर्तक कम्पनीका रुपमा स्थापित गरेको दाबी गरेको छ ।
‘मिडिया तथा हाम्रा सहकारीहरु माझ हाम्रो पहिलो ईन्नोभेसन ईभेन्ट प्रस्तुत गर्न पाउँदा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ,’ ओपोका उपाध्यक्ष आङयी जियाङले भने, ‘नवप्रबर्तन हाम्रालागि पहिलो प्राथमिकताको विषय हो र भविस्यलाई उपभोक्ताको हातमा सुम्पिने उद्देश्यका साथ हामीले थुप्रै नवप्रबर्तनहरु प्रस्तुत गरेका छौँ । हाम्रो प्रतिबद्धतालाई निरन्तर्ता दिँदै बजारमा विशेषगरी फाइभजीर फोटोग्राफी संग सम्बन्धित थप प्रगति गरिरहने छौँ ।’
असिमित सम्भावना र सृजनशिलता, कल्पना र क्लोसर कनेक्टिविटी सहितको फाइभजी, स्मार्टफोन उद्योगकै भविस्य हो । ओपोद्वारा आफ्नो पहिलो फाइभजी स्मार्टफोन र ओपो फाइभजील्याण्डिङ योजनाको घोषणासंगै फाइभजी यूगलाई उपभोक्ताको थप नजिक ल्याइदिएको छ । ओपोद्वारा प्रस्तावित र प्रतिबद्धता जनाइएको यो पहलमा स्विसकम, टेल्स्ट्रा, ओप्टस लगायत क्यारियर्स र अझ गहिरो सहकार्यका साथमा सिङटेल लगायत क्षमतावान सरोकारवाला कम्पनीले फाइभजीउत्पादन र सेवाको प्रबद्र्धन र कार्यान्वोयनमा सहयोग गर्नेछन् ।
उपभोक्ताले कार्यसम्पादन र क्षमतामा थप सुदृढ र उत्कृस्टताको अनुभव गर्न पाउन् भन्ने यसको मूल उद्देश्य रहेको कम्पनीको भनाई छ ।
क्वालकम ईन्कर्पोरेटेडका अध्यक्ष, क्रिस्टियानो एमोनले ओपोको फाइभजी नवप्रबर्तनको खुलेर तारिफ गर्दै भने, ‘हामी फाइभजीको सही क्षमता अनुभव गर्न ओपोसंग नजिक रहेर सहकार्यलाई निरन्तता दिनेछौँ । साथै, एक्स५० मोडेम, समायोजित आरएफ ट्रान्सिभर र आरएफ फ्रण्ट ईन्ड सोल्यूशन सहितको हाम्रो फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८५५ मोबाइल प्ल्याटफर्मका साथमा ओपोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिकमा पनि सहयोग पु¥याउने छौँ ।’
ओपोले फाइभजी प्रविधिको प्रतिक्षा तथा तयारी सन् २०१५देखि नै गरिरहेको थियो । फाइभजी फिचर्स र यसका फाइद समाहित गर्दै कार्य क्षमतामा कुनै सम्झौता नगर्ने अवांछनिय फोनको उत्पादनका लागि ओपोले डिजाइन तथा प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । निकै प्रतिक्षारत ओपोको पहिलो फाइभजी फोनले फोरके, एटके भिडियो डाउनलोड/अपलोड/क्लाउड–प्ले, थ्रीडी भिडियो कलिङ, फाइभजी क्लाउड गेमिङ र मल्टिप्लेयर एआर/भीआर गेम, ईन–स्टोर न्याभिगेसन, एआर शपिङ ईन्टिग्रेटेड लगायत फिचरका साथ उपभोक्ताको जीवनमा नयाँ क्रान्ति ल्याउने बताईएको छ ।
ईन्नोभेसन ईभेन्टमार्फत ओपोले विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधि प्रदर्शित गरेको थियो । यो प्रविधिले विना कुनै सम्झौता प्रयोगकर्तालाई ब्यवसायिक देखिने तस्विर लिन सघाउँछ ।
ईन्नोभेसन ईभेन्टका अवलोकनकर्ताले ओपोद्वारा प्रदर्शित होलोग्राम कल्सदेखि एआर शपिङ जस्ता ५जी प्रविधिको उपयोगिताका जीवन्त उदाहरणको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो । साथै ओपोले टेनएक्स लसलेस जुमको उपयोगिताका उत्कृष्ट परिदृष्य र प्रदर्शनीपनि अवलोकन गर्ने मौका पाएका थिए । एमडब्ल्यूसीमा रहेका एरिक्सन र क्वालकमका बुथमापनि ओपोको उपस्थिती रहने छ ।
अवलोकनकर्ताले ती बुथ मार्फत हाई पर्फरमेनस क्लाउड गेमिङ कम्पनी स्याडो,संगको सहकार्यमा विकसित सोलक्यालिबरसिक्स मार्फत क्लाउड गेमिङको प्रत्यक्ष डेमोको अनुभव समेत गर्न पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार