फेसबुकले थाहा पाउँछ तपाईँको मुटुको अवस्था, अत्यन्त निजी डाटा संकलनको आरोप

Technology Khabar १२ फाल्गुन २०७५, आईतवार

फेसबुकले थाहा पाउँछ तपाईँको मुटुको अवस्था, अत्यन्त निजी डाटा संकलनको आरोप

काठमाडौं ।

काठमाडौं । सामाजिक संजाल फेसबुकबाट प्रयोगकर्ताहरुको डाटा चोरी भएको र गोप्य जानकारीहरु बाहिर आएको समाचार आजभोली दिनहुँ जस्तो आउन थालेको छ । कहिले फेसबुकले आफैं डाटा बेचेको रिपोर्ट आउँछ त कहिले फेसबुकबाट ह्याकरहरुले डाटा चोरेको रिपोर्ट आउने गरेको छ ।

हाल नयाँ रिपोर्ट आएको छ जसमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको अति नै निजी जानकारीहरु फेसबुकको सर्भरमा जाने गरेको भेटिएको छ ।

हालै वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक रिपोर्टअनुसार फेसबुकमा भएका विभिन्न लोकप्रिय र सर्वाधिक प्रयोगमा आएका ११ वटा मोबाइल एपहरुले गोप्य डाटाहरु फेसबुकको सर्भरमा पठाईरहेको भेटिएको छ ।

यस्ता डाटाहरुमध्ये केहि निकै संवेदनशिल मानिएका डाटाहरु छन जसमा प्रयोगकर्ताहरुको मुटुको धड्कन मापन अर्थात हर्टबिट रेट, प्रयोगकर्ताको तौल, ब्लड प्रेसरको जानकारी, मासिक रक्तश्राव चक्रको जानकारी, गर्भवतीको अवस्थाहरु लगायत छन् ।

यी डाटाहरु फेसबुकले आफैं संकलन गरेको होईन तर एप डेभलपर्सले आफूले बनाएको एप्सलाई प्रयोगकर्ताहरुले कसरी प्रयोग गर्दछन भनेर हेर्नका लागि विभिन्न जानकारीहरु संकलन गर्ने गर्दछन जसको लागि फेसबुकको मोबाइल सफ्टवेयर डेभलपमेन्ट किट (एसडीके) प्रयोग गर्ने गर्दछन् ।

यसरी संकलन गरिएको डाटाहरु फेसबुकको सर्भरमा ‘एप इभेन्टस्’ को रुपमा संकलन हुने गर्दछ, जहाँ प्रत्येक एपको लागि छुट्टै डाटा बसेको हुन्छ, यस्तो डाटामा केहि एपहरुले संकलन गर्ने प्रयोगकर्ताको स्वास्थ्यको अवस्था बारेमा पनि जानकारीहरु हुने गर्दछ ।

वाल स्ट्रिट जर्नलकाअनुसार फेसबुकले प्रयोगकर्ताहरुले एप प्रयोग नगरेपनि उनीहरुले गर्ने गतिबिधीको बारेमा जानकारी संकलन गरिरहेको छ, जून निकै संवेदनशिल र गंभिर हो ।

उदाहरणको लागि यदि तपाईँ फेसबुकमा जोडिनका लागि अनिच्छुक हुनुहुन्छ, तर पनि मार्क जूकरबर्गको कम्पनीसँग तपाईँले गएको राती के खाना खानुभयो वा बच्चा पाउनका लागि तपाईँ भोली आफ्नो जीवनसाथीसँग कसरी यौन सम्पर्क गर्नुहुन्छ जस्ता संवेदनशिल र अति व्यक्तिगत जानकारीहरु पनि हुने गर्दछ ।

फेसबुकले निकै संवेदनशिल र व्यक्तिगत डाटा संकलन गरिरहेको रिपोर्ट आउनासाथ अमेरिकाको न्यूयोर्कका गर्भनर एन्ड्र्यू कोमोले कसरी फेसबुकले व्यक्तिगत जानकारीहरु गोप्यरुपमा संकलन गरिरहेको छ भन्ने अनुसन्धान गर्न अििधकारीहरुलाई आदेश दिएका छन् ।

केहि विश्लेषकहरुले भने फेसबुकको एसडीकेको बारेमा कुनै विशेष र नयाँ नभएको बताएका छन् । यो केबल अन्य मोबाइल एनालाइसिस एसडीके जस्तै भएको उल्लेख गरेका छन् ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

ताजा समाचार