जिपिएस ट्र्याकरले गर्छ गाडीको सुरक्षा, यसरी प्रयोग गर्नुस्

Technology Khabar १२ फाल्गुन २०७५, आईतवार

जिपिएस ट्र्याकरले गर्छ गाडीको सुरक्षा, यसरी प्रयोग गर्नुस्
NTC_Advt

काठमाडौं ।

काठमाडौं । बाइक, गाडी वा स्कूटरलगायतका सवारीधनीहरुलाई कतै आफ्नो सवारी साधन चोरी हुने होकी भनेर चिन्ता लागि रहन्छ । हरेक दिन सवारी साधन अझ मोटरसाइकल तथा स्कूटर चोरी भईरहेको समाचार आउने गर्दछ ।

तर अब भने तपाईँ आफ्नो बाइक, कार वा स्कूटरलगायतका सवारीसाधनको सुरक्षा प्रविधिमार्फत गर्न सक्नुहुनेछ । बजारमा कयौं यस्ता डिभाइसहरु छन जसको माध्यमबाट तपाईँले आफ्नो सवारी साधन कसैले चोरेर लगेको त छैन भनेर हेर्न तथा जानकारी पाउन सक्नुहुन्छ ।

यस्तो किसिमको डिभाइस तपाईँले सवारी साधनमा लुकाएर राख्न सक्नुहुनेछ भने सवारीसाधन चोरी गरेमा तत्काल त्यसलाई ट्र्याक गरेर पत्ता लगाउन सक्नुुहुनेछ ।

इलेक्ट्रोनिक्स डिभाइस बनाउने कम्पनी आइमार्सले त्यस्तै गाडीहरु ट्रयाक गर्ने डिभाइस सार्वजनिक गरेको छ, जसमा मोबाइल फोनको सिम लगाएर त्यसलाई प्रयोग गर्न सकिन्छ । यसलाई सिम राखेर आफ्नो भेहिकलको ब्याट्रीसँग जोडेर लुकाएर राख्न सकिन्छ ।

यो डिभाइसलाई ब्याट्रीमा जोडिसकेपछि तपाईँले आफ्नो स्मार्टफोनमा यससँग जोडिएको एप इन्स्टल गर्नुपर्ने हुन्छ । यदि कसैले तपाईँको गाडीलाई चलाईरहेको छ वा चलाउने कोशिश गर्दछ भने तत्काल तपाईँको फोनमा अलर्ट आउँछ ।

यसरी गर्ने प्रयोग

यो डिभाइसमा तपाईँले मोबाइल फोनको जस्तै माइक्रो सिम राख्नुपर्दछ । डिभाइसमा दिईएको ३ वटा तारहरुमध्ये दुईवटालाई गाडीको ब्याट्रीसँग जोड्नुपर्ने हुन्छ भने एउटा तारलाई गाडीको यक्निशियनमा लगाउनुपर्ने हुन्छ ।

यसमा भएको कालो तारलाई ब्याट्रीको नेगेटिभ र रातो तारलाई ब्याट्रीको पोजेटिभ प्वाइन्टसँग जोड्नुपर्ने हुन्छ । त्यस्तै सुन्तला रंगको तारलाई भने इग्निशियनको नेगेटिभ प्वाइन्टसँग जोड्नु्पर्दछ ।

यो डिभाइसलाई तपाईँले आफ्नो गाडीमा जोडिसकेपछि त्यसमा सिम राख्नुहोस् । त्यसपछि डिभाइसको लाइट अन हुन्छ र यसले आफ्नो काम गर्न शुरु गर्दछ ।

त्यसपछि तपाईँले सो डिभाइस किन्दा पाएको म्यानुअल कितामा दिईएको क्यूआर कोडलाई स्क्यान गरेर फेरी एलकेजीपिएस एपको लिंक खुल्दछ । यति गरिसकेपछि एपलाई इन्स्टल गर्नुहोस र फेरी लगईन गर्नुहोस् । यहाँबाट तपाईँले आफ्नो गाडीको लोकेशन ट्र्याक गर्न सक्नुहुनेछ ।

एपमा तपाईँले गाडीको रिडिंग पनि देख्न सक्नुहुन्छ । यस बाहेक गाडीलाई कसैले अनावश्यकरुपमा तोडफोड गर्नेजस्तो काम गरिरहेको छ भने तपाईँलाई तत्काल अलर्ट गर्दछ ।

यो मात्र नभई बजारमा विभिन्न कम्पनी र ब्राण्डका जीपीएस ट्रयाकरहरु किन्न पाईन्छ । तपाईँले आफ्नो सुविधाअनुसार उपयुक्त ट्रयाकर किनेर प्रयोग गर्न सक्नुहुन्छ ।

प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार