सामाजिक सञ्जाल ट्वीटर छोडे सहसंस्थापक इभान विलियम्सले

Technology Khabar १२ फाल्गुन २०७५, आईतवार

सामाजिक सञ्जाल ट्वीटर छोडे सहसंस्थापक इभान विलियम्सले

काठमाडौं ।

क्यालिफोर्निया । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् ।

उनी फेब्रुअरी महिनाको अन्त्यदेखि बोर्ड सदस्य नहुने ट्वीटरले जानकारी दिएको छ । उनले आफ्नो ध्यान अरु नै काममा लागेको बताए ।

ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत थिए ।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य थिए। सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् । ‘ट्वीटरको बोर्डमा रहेर १२ वर्षसम्म काम गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु,’ उनले आफ्नो ट्वीटमा भने ।

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

ताजा समाचार