मालपोत कार्यालयमा विद्युतीय प्रविधिमा नागरिक बडापत्र

Technology Khabar १२ फाल्गुन २०७५, आईतवार

मालपोत कार्यालयमा विद्युतीय प्रविधिमा नागरिक बडापत्र

काठमाडौं ।

रसुवा । मालपोत कार्यालय रसुवाले विद्युतीय प्रविधिमा नागरिक बडापत्र जारी गरेको छ ।

कार्यालयका सूचना अधिकारी एलना थापाका अनुसार कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिनका लागि चाहिने प्रमाण कागजात, जग्गाको स्वामित्व अदलबदल, रजिष्ट्रेशन पारित र नामसारी, जग्गा दर्तासमेतका विषयमा नियमानुसार लाग्ने शुल्कसमेतका विविध पक्षमा सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत नागरिक बडापत्रबाट पारदर्शिता गराइएको हो ।

विद्युतीय प्रणालीको नागरिक बडापत्र अवलोकनका लागि प्रतीक्षालयमा टेबल, कुर्सी तथा सोफा राख्ने कार्यसमेत पूरा भइसकेको सूचना अधिकारी थापाले जानकारी दिए।

नागरिकलाई आफ्ना सेवा प्रवाहको सुसूचित गराउन मालपोत कार्यालयले गरेको प्रयासप्रति सेवाग्राहीले स्वागत गर्दै सङ्घीताको भावनानुरूप सुशासनको दिशाबोध वढ्दै गएको बताएका छन् ।

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

ताजा समाचार