Technology Khabar १० फाल्गुन २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ओपोले आफ्नो नयाँ स्मार्टफोन लन्च गर्ने मिति घोषणा गरेको छ । कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोन ओपो एफ ११ प्रो (Oppo F11 Pro) आउँदो मार्च ५ तारिखमा भारतमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आफ्नो अफिशियल वेबसाइटमा यसको हाइलाट्स राख्दै स्मार्टफोनको डिजाइनको बारेमा जानकारी पनि दिएको छ ।
कम्पनीको ल्याण्डिंग पेजमा राखिएको जानकारीअनुसार कम्पनीले फोटोग्राफीमा अधिक ध्यान केन्द्रित गरेको छ ।
यो स्मार्टफोनमा फोटोग्राफीका लागि ड्यूल क्यामरा सेटअप छ भने यसमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर र ५ मेगापिक्सेलको सेकेण्डरी सेन्सर राखिएको छ । कम्पनीले फ्रन्टमा पप अप क्यामरा राखेको छ जून यसअघि भीभो नेक्स र भीभो भी १५ प्रोमा उपलब्ध रहेको छ ।
कम्पनीले यो स्मार्टफोनमा भीओओसी ३.० सूपरफास्ट चार्ज टेक्नोलोजी पनि समावेश गरेको छ । वेबसाइटकाअनुसार यो पहिलो जेनेरेशन भन्दा निकै तिब्र छ, जसले पहिलेको तुलनामा अब ब्याट्री २० मिनेट छिटो चार्ज गर्न सक्छ । फोनमा पावरका लागि ४५०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
डिभाइसको पछाडिको भागमा ३डी ग्रेडिएन्ट केसिंग छ जून ग्लास फिनिशका साथमा उपलब्ध हुन्छ । यसको पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानरको सुविधा छ भने फ्रन्टमा कुनैपनि नोच डिजाइन छैन् ।
यो स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ८५५ चीपसेटका साथमा ८ जीबी र्याम तथा २५ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ ।
प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार