एस्कर्टस्को ‘हाइड्रा १५ ४पी’ क्रेनको नेपाली बजारमा उपलब्ध

Technology Khabar ९ फाल्गुन २०७५, बिहीबार

एस्कर्टस्को ‘हाइड्रा १५ ४पी’ क्रेनको नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

बुटवल । एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स प्रालिले बहुप्रतिक्षित हाइड्रा १५ ४पी (Hydra 15 4P) क्रेनको नेपालमा बिक्रि वितरणको शुरुवात बुटवल अवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रममार्फत गरेको छ ।
सो अनावरण गर्ने क्रममा कन्ट्रयाक्टर एसोसियसन रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहन लाल जोशीले विकास गतिविधीमा आएको वृद्धिसंगै भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहने बताए ।

सो कार्यक्रममा एस्कर्टस डिभिजन नेपालका सेल्स हेड अशोक कार्की, एस्कर्टस लिमिटेडका कन्ट्री म्यानेजर राजेश्वर प्रसाद यादव साथै विक्रेता प्रतिनिधी, चैतन्य इक्यूपमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।

हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टसले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको हाइड्रा १५ ४पी बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

सो क्रेनमा क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ एचपीको इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ KMPS को स्पिड, 8F +2R को गीयर बक्सलगायतका विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

यस बाहेक इन्जिनको टिकाउका लागि प्रि एयर सिलिण्डर र सुख्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान हुनुका साथै उत्कृष्ट कार्यसम्पादनका लागि हेभि ड्यूटी ब्याक इन्ड, हेभि ड्यूटी एस्बेस्टोस मुक्त क्लच प्लेट, उपकरण ओभरलोड हुँदा अडियो वार्निङ्ग, डिस्क ब्रेक, होज प्रोटेक्सन फेलर डिभाइस, होज र सिलिण्डर गार्ड सहितको सेफ्टी गार्ड, खुला क्याबिन, हेभि भारवहन क्षमता र रग्ड एप्लिकेसनको लागि हेभि ड्युटी संरचना सहितको विषेशताहरु उपलब्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार