संचारमन्त्रि बाँस्कोटाले भने-सामाजिक संजालको दूरुपयोग हाईड्रोजन बम जस्तो

Technology Khabar ९ फाल्गुन २०७५, बिहीबार

संचारमन्त्रि बाँस्कोटाले भने-सामाजिक संजालको दूरुपयोग हाईड्रोजन बम जस्तो

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले सामाजिक संजालको दूरुपयोग हाईड्रोजन बम जस्तो भएको बताएका छन्। उनले बिहिबार मन्त्रिपरिषदको बैठकको निर्णय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सामाजिक संजालमा अंकुश लगाउन खोजेको नभई यसलाई व्यवस्थित बनाउन लागेको दाबी गरे ।

मन्त्रि बाँस्कोटाले सामाजिक संजालको प्रयोग र प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न लागेको हुँदा सामाजिक संजालको दूरुपयोग हाईड्रोजन बम जस्तो भएको दाबी गरे ।

‘इन्टरनेटमा दिनहुँ क्रान्ति हुँदैछ, त्यसको सदुपयोग हाम्रो समाज विकासको आधारशिला हुनसक्छ तर त्यसको दूरुपयोग मलाई लाग्छ कुनै हाईड्रोजन बम भन्दा कमजोर बम हुँदैन्, त्यसले जे पनि गर्न सक्छ,’ उनले भने ।

जसले डिजिटल नेपालको परिकल्पना गर्दछ, त्यसले सूचना प्रविधिलाई कसरी खत्तम गर्दछ भन्ने उनले प्रतिप्रश्न गरे । हाल कुनै स्पष्ट कानूनी व्यवस्था नभएको कानून बनाउन खोजेको उनले स्पष्ट पारे ।

मन्त्रि बाँस्कोटाले कुनैपनि प्रकारको इनोभेशन रोक्ने उद्धेश्य नभएको भन्दै उनले कन्टेन्टको दूरुपयोगलाई मात्र रोक्न खोजेको बताए ।

‘सबै चलाउन पाईने तर त्यसको कानूनी, व्यक्तिगत, सामाजिक मर्यादाअनुसार चलाउनुपर्नेछ, यदि त्यस्तो भएन भने कानूनको खोजी गरिन्छ,’ उनले भने ।

उनले विभिन्न मुलुकहरुमा सामाजिक संजालको दर्ता र कानूनी व्यवस्था रहेको भन्दै त्यसैअनुसार गर्न खोजिएको बताए । सो ऐनमा विद्युतिय अभिलेख, क्लाउड स्टोरेजलगायतका विभिन्न सकारात्मक विषय पनि रहेको उनले जानकारी दिए ।

सो बारेको विधेयक संचार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार संसदमा पेश गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार