Technology Khabar ९ फाल्गुन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सामसंगले बहुप्रतिक्षित नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस १० सिरिजमा ३ नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर मोबाइल वल्र्ड कंग्रेसभन्दा अगाडि नै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीले यी स्मार्टफोनहरुमा पहिलो पटक डाइनामिक एमालेड डिस्प्ले पनि सार्वजनिक गरेको छ ।
कम्पनीले दुईवटा फ्ल्यागशिप मोडल र एउटा बजेट मोडल सार्वजनिक गरेको छ । सामसंग ग्यालेक्सी एस १० र एस १० प्लस प्रिमियम मोडल हुन भने ग्यालेक्सी एस १०ई बजेट मोडल हो ।
ग्यालेक्सी एस १० मा ६.१ इन्चको डिस्प्ले छ भने एस १० प्लसमा ६.४ इन्चको डिस्प्ले छ ।
ग्यालेक्सी एस १०
ग्यालेक्सी एस १० मा क्वाड एचडी प्लस रिजोल्यूशनका साथ आउँछ भने यसमा इन्फिनिटी ओ डिस्प्ले राखिएको छ । यो फोनमा एक सेल्फी क्यामरा लेन्स रहेको छ, जसमा १० मेगापिक्सेल लेन्च छ ।
फोटोग्राफीका लागि यसमा तीनवटा क्यामरा लेन्स राखिएको छ । जसमा १२ मेगापिक्सेल प्लस १२ मेगापिक्सेल प्लस १६ मेगापिक्सेलको क्यामरा राखिएको छ ।
यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ८ जीबी र्याम अप्सन मात्र हुनेछ । केहि बजारहरुमा भने २.७ गीगाहर्जको अक्टा कोर एक्जनोस ९८२० प्रोसेसर राखिएका डिभाइसहरु आउनेछन् । स्टोरेज तर्फ भने १२८जीबी, ५१२ जीबीको स्टोरेज राखिएको छ भने ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
फोनमा पावर ब्याकअपको लागि ३४०० एमएएचको ब्याट्री प्याक छ भने इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरका साथमा आउनेछ । यो फोन ब्लू, ग्रीन, डार्क ग्रे र ह्वाइट कलर अप्सनमा आउँछ ।
ग्यालेक्सी एस १० प्लस
ग्यालेक्सी सिरिजको कम्पनीले ल्याएको ग्यालेक्सी एस १० प्लस टप अफ दि लाइन मोडल हो, जसमा धेरै फीचरहरु राखिएका छन् ।
यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ८ जीबी र्याम र १२ जीबी र्याम अप्सन उपलब्ध हुनेछ । केहि बजारहरुमा भने २.७ गीगाहर्जको अक्टा कोर एक्जनोस ९८२० प्रोसेसर राखिएका डिभाइसहरु आउनेछन् । स्टोरेजतर्फ १२८ जीबी र २५६ जीबीको स्टोरेज उपलब्ध हुनेछ । भने अर्को १ टिबीको स्टोरेज सहित आउनेछ । सबै भेरिएन्टमा ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
ग्यालेक्सी एस १० प्लसमा क्वाड एचडी प्लस रिजोल्यूशनका साथ आउँछ भने यसमा इन्फिनिटी ओ डिस्प्ले राखिएको छ । यसमा पनि एस १० को जस्तै ट्रिपल क्यामरा राखिएको छ भने सेल्फीका लागि ड्यूल क्यामरा रहेको छ । यसको मूख्य क्यामरा १२ प्लस १६ प्लस १२ मेगापिक्सेलको क्यामरा लेन्स छ भने सेल्फीका लागि १० मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।
फोनमा ४१०० एमएएचको ब्याट्री प्याक छ भने यसमा फास्ट चार्जिंग २.० सपोर्ट गर्दछ । यो फोनमा रिभर्स चार्जिंगको पनि सुविधा छ ।
यो फोन ६ वटा कलर भेरिएन्टमा आउनेछ ।
ग्यालेक्सी एस १० इ
एस १० एस १० इ स्मार्टफोन सबैभन्दा कम्प्याक्ट र लो बजेट मोडलको फोन हो । यसमा ५.८ इन्चको फ्ल्याट डायनामिक एमोलेड डिस्प्ले राखिएको छ । फोनमा फूल एचडी प्लस रिजोल्यूशन छ । यसमा इन्फिनिटी ओ डिस्प्ले छ भने सिंगल लेन्स सेल्फी क्यामरा राखिएको छ ।
यसको रियर क्यामरा भने ड्यूल लेन्स सिस्टम छ । यसमा १२ प्लस १६ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर छन । सेल्फी क्यामरा भने १० मेगापिक्सेलको छ ।
यसमा पनि एस १० मा जस्तै एउटै प्रोसेसर प्रयोग गरिएको छ भने र्याम ६ जीबी र ८ जीबी अप्सनमा आउनेछ । फोनको इन्टरनल स्टोरेज १२८ जीबी र २५६ जीबी रहेको छ भने दूबै भेरिएन्टमा ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
यो स्मार्टफोनमा ३१०० एमएएच ब्याट्रीका साथमा वायरलेस चार्जिंगको सुविधा छ तर इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर छैन् । यो फोन पाँच फरक कलर अप्सनमा आउनेछ ।
यी सबै फोनहरु मार्च ८ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछन् भने २१ फेब्रुअरीदेखि प्रि अर्डर शुरु हुनेछ ।
यी सबै फोनहरुले आईपी ६८ रेटिंग अर्थात डस्ट तथा वाटरप्रुफ रहेका छन् । यसका साथै कम्पनीले एस १० को ५जी भेरिएन्ट पनि लन्च गरेको छ ।
बजार मूल्य
सामसंग ग्यालेक्सी एस १० को मूल्य ८९९.९९ अमेरिकी डलरबाट शुरु हुन्छ भने ग्यालेक्सी एस १० प्लसको मूल्य ९९९.९९ अमेरिकी डलरबाट शुरु हुनेछ । त्यसैगरि ग्यालेक्सी एस १० ईको बजार बजार मूल्य ७४९ अमेरिकी डलरबाट शुरु हुनेछ ।
प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार