एलजीको नयाँ शोरुम ललितपुरको ईमाडोलमा, नयाँ शोरुममा २० प्रतिशत छुट

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सअन्तरगत एलजीले ललितपुरको ईमाडोलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सो शोरुम संचालनमा ल्याएको हो । सिंगापुरस्थीत एलजीका निर्यात निर्देशक सेयुङ हो ली र निर्वाण चौधरीले नयाँ शोरुमको उद्घाटन गरे । 

कम्पनीले उक्त शोरुममार्फत ग्राहकलाई भरपुर सेवा दिने तथा कम्पनीका नयाँ उत्पादनको प्रवद्र्धन गर्ने जानकारी दिएको छ । नयाँ शोरुममा कम्पनीका सबै प्रकारका उत्पादनहरु उपलब्ध हुनेछन ।

नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले आफ्ना उत्पादनमा विभिन्न किसिमका स्किमहरु ल्याएको छ । ग्राहकहरुले उक्त नयाँ शोरुममार्फत कम्पनीका विभिन्न उत्पादनमा मार्च ५ सम्म २० प्रतिशतट छुट पाउने कम्पनीले जनाएको छ ।