वानप्लस सेभेन स्मार्टफोन ५जी प्रविधिसहित आउने, अरु पनि नयाँ फीचर

Technology Khabar ८ फाल्गुन २०७५, बुधबार

वानप्लस सेभेन स्मार्टफोन ५जी प्रविधिसहित आउने, अरु पनि नयाँ फीचर
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वानप्लसले नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ७ OnePlus 7 ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आगामी दिनमा केबल ५जी सपोर्ट गर्ने स्मार्टफोन भेरिएन्ट मात्र ल्याउने बताईरहेको बेला हालै इन्टरनेटमा वानप्लस ७ को तस्विर लीक भएको छ ।

हालै आएको तस्विरमा वानप्लसको नयाँ भर्सनको फोन देखिएको छ । तर यो स्मार्टफोन वानप्लस सिक्स टीको फाइभजी भर्सन हो वान वानप्लस सेभेन मोडल हो भन्ने जानकारी हुन सकेको छैन ।

लीक भएको तस्विरअनुसार यसलाई एउटा हार्ड केसमा राखिएको छ, र हेर्दा यसमा स्लाइडिंग डिस्प्ले छ की भन्ने अनुमान गर्न सकिन्छ ।

हालै एक ब्लग साइट ‘टूटो एन्ड्रोयड’ले वानप्लस डिभाइसको इन्टर्नल फोटो भनेर जानकारी दिएको छ । यो तस्विरमा तपाईँले अल डिस्प्लेसहितको स्क्रिन र पातलो बेजल देखिन्छ । पावर बटन र भोल्यूम बटन पनि देखिएको छ तथा फोनमा अलर्ट स्लाइडर पनि राखिएको छ ।

यो फोटो हेर्दा ओपोको फाइण्ड एक्स जस्तो लाग्दछ, किनकी फाइण्ड एक्समा पनि स्लाइडर क्यामरा राखिएको थियो ।

यदि वानप्लस सेभेनमा पनि यस्तो देखिएका कुनै आश्चार्यको विषय हुनेछैन् । किनकी ओपो, भीभो र वानप्लस एउटै पेरेन्ट कम्पनीमार्फत रहेका छन् ।

हालै आएका रिपोर्टअनुसार वानप्लसले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर फाइभजी स्मार्टफोन प्रदर्शन गर्नेछ । र यो फोनको प्रोटोटाइप क्वालकमको बूथमा हुनेछ । कम्पनीकाअनुसार यो फोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर हुनेछ ।

रिपोर्टअनुसार वानप्लस सेभेनमा एज टू एज कभ्र्ड डिस्प्ले हुनेछ भने यसमा नोच हुनेछैन् । सेल्फी क्यामराका लागि स्लाइडर हुनेछ । यसमा एमोलेड स्क्रीन तथा वानप्लस ६टीको जस्तै अण्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ ।

Sajilo Visa

प्रकाशित: ८ फाल्गुन २०७५, बुधबार

तपाइको प्रतिक्रिया